विद्युतीकरणका लागि साझेदारी

विद्युतीकरणका लागि साझेदारी


दैलेख मंसिर ६ ।
दैलेखका ११ वटै स्थानीय तहले सामुदायिक ग्रामिण विद्युतीकरणका लागि साझेदारी गर्ने भएका छन् । नेपाल विद्युत प्राधिकरण, सामुदायिक ग्रामिण विद्युतीकरण विभाग, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आज दैलेखमा आयोजना गरेको प्रतिनीधि सभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुख/उपप्रमुखसंग गरेको छलफलमा स्थानीय तहले उक्त साझेदारी गर्न तयार भएका हुन् ।

अब दैलेख उज्यालो बनाउन जिल्लाका ११ वटै स्थानीय तहले सामुदायिक ग्रामिण विद्युतीकरणका लागि साझेदारी गर्नेछन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीका अनुसार सामुदायिक ग्रामिण विद्युतीकरणका लागि साझेदारी कार्यक्रम अन्तरगर्त ९० प्रतिशत लगानी नेपाल सरकारको हुनेछ भने १० प्रतिशत लगानी उपभोक्ताको रहनेछ । नेपाल सरकारले आगामी पाँच बर्षमा सबै नेपालीको पहुँचमा विजुली पु¥याउने लक्ष पच्छ्याउदै स्थानीय तहले विद्युतीकरणका लागि साझेदारी गर्न तयार भएका हुन् ।
दैलेखमा गरिएको छलफलमा महासंघका अध्यक्ष ज्ञवालीले सामुदायिक ग्रामिण विद्युतीकरण प्रर्वद्धन कार्यक्रमले नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, स्थानीय सरकार र समुदायलाई समेटेको बताउनुभयो । उहाँले सामुदायिक ग्रामिण विद्युतीकरण प्रर्वद्धन कार्यक्रमको प्रक्रिया, निर्माण प्रक्रियाका चरण, निर्माण सम्पन्न भए पश्चातका चरणहरुबारे जानकारी समेत गराउनुभएको छ ।

सबै नेपालीको घरघरमा विद्युत सेवा पु¥याउनका लागि समुदाय र तीन वटै तहका सरकारहरुको प्रयास आवश्यक रहेको उहाँले भनाई छ । “नेपालमा सामुदायिक ग्रामिण विद्युतीकरण प्रर्वद्धन कार्यक्रम सुरु भएको १५ बर्ष पुगेको, यस कार्यक्रममा २ सय ८२ सामुदायिक संस्थाहरु सहभागि रहेका छन् भने कैलाली र कञ्चनपुरका मात्रै २ सय १६ संस्था सहभागि रहेका छन्, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।”
उहाँका अनुसार सोहि कार्यक्रम अन्तरत नेपालमा हाल ५० भन्दा बढि परियोजनाहरु निर्माणको चरणमा छन् भने हाल सम्म १ अर्ब ३० करोड भन्दा बढी लगानी स्थानीय समुदायले गरेका छन् । निर्माण सम्पन्न भएका परियोजनाबाट विद्युत सेवा प्रयोग गर्ने ग्राहकको संंख्या ५ लाख भन्दा बढी रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । स्था

नीय समुदायको अपनत्व बृद्धि गर्न समुदायकै लगानीमा विद्युतीकरण गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष ज्ञवालीको भनाई छ । छलफलमा अध्यक्ष ज्ञवालीले दैलेख जिल्लाका जनप्रतिनीधिहरुलाई विकासका कार्यमा एक हुन आग्रह गर्नुभयो । सोहि अबसरमा यहाँका जनप्रतिनीधिहरुले दुल्लु नगरपालिका र आठबीस नगरपालिकाको विचमा सवस्टेशन निर्माण गर्न माग समेत गरेका छन् । कार्यक्रममा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले आगामी ३ बर्ष भित्र दैलेख उज्यालो बनाउने अभियानका साथ अगाडी बढ्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई सुझाव दिनुभएको छ । प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केका अनुसार दैलेख क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्तको बजेट यस क्षेत्रका सबै स्थानीय तहमा विद्युतीकरण गर्ने योजना सहित विनियोजन भइसकेको छ ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले विद्युतीकरणका लागि बजेटको अभाव नरहेको बताउदै यो कार्यक्रम टोल विकास समिति बनाएर अगाडी बढाउन सकिने धारणा राख्नुभयो । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले जिल्लाका ११ वटै स्थानीय तहले विद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

आठवीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले विद्युत क्षेत्रमा बजेट विनियोजन गरेपनि प्राविधिक ज्ञान नभएका कारण अलमलमै परेको बताउनुभयो । नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले सामुदायिक ग्रामिण विद्युतीकरण प्रर्वद्धन कार्यक्रमले दैलेख उज्यालो बनाउने अभियानमा सहयोग पु¥याउने धारणा राख्नुभयो । दैलेखका धेरै जसो स्थानीय तहमा विद्युत वितरण लाइनको निर्माण हुन नसक्दा ग्रामिण जनता अझै अन्धकारमा रात विताउन बाध्य छन् । यहाँका स्थानीय तहहरुसंग कति नागरिकहरुको पहुँचमा विद्युत सेवा पुगेको छैन् भन्ने तथ्यांक पनि छैन् ।

प्रतिक्रिया