काठमाण्डौमा हुने सम्मेलन बहिष्कार

काठमाण्डौमा हुने सम्मेलन बहिष्कार

दैलेख मंसिर ७ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले काठमाण्डौको होटेल हयात रिजेन्सीमा आयोजना हुने सम्मेलनमा सहभागिता नहुने घोषणा गरेका छन् । शान्ति र विकास, जलवायु परिवर्तन, सुशासन, द्वन्द्व समाधान, विवाह र परिवार, दीगो विकास लगाएतका विषयमा छलफल हुने उक्त कार्यक्रममा सहभागि नहुने नगरप्रमुख शाहीले बताए । नेपाल सरकार÷संघिय संसद तथा युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखा र विश्व शान्ति तथा एकिकृत परिवार संघले यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना गरेको सम्मेलनमा सहभागि नहुने घोषणा गरेका हुन् ।
पालिकाका प्रमुख, उप–प्रमुख एकै समयमा पालिका नै खाली हुनेगरी कार्यक्रममा सहभागी हुन न्यायचित हुदैन ।’ कार्यक्रममा ७ सय ५३ पालिका तथा ७७ जिल्लाका प्रमुख, उप–प्रमुख, सातै प्रदेशका प्रदेश सभा सदस्यह, प्रतिनिधि सभाका सदस्य दम्पतीहरु र प्रदेश सरकार र केन्द्र सरकारका मन्त्री तथा सबैका दम्पती गरी ५ हजार भन्दा धेरैको सहभागिता हुन्छ ।’ ‘यो कार्यक्रममा सहभागी हुन पालिकाले आउने–जाने खर्चको व्यवस्थापन आफै गर्नुपर्ने     रहेछ ।’ ‘यो कार्यक्रममा सहभागि हुने खर्च बचाएर जनताको समस्यालाई समाधान गर्न सकिन्छ, उनले भने ।’ ‘यता जनताले खानेपानी पाएका छैनन्, ‘महोत्सवमा गएर खर्च भन्दा जनताको दैनिक भोग्दै आएको खानेपानीको समस्यालाई यही रकमबाट समाधान गर्न सकिन्छ, उनले भने ।’ साथै परिवारिक महोत्सवमा खर्च हुने रकमबाट सातै प्रदेशको डि.पि.आर, गुरुयोजना निर्माण गर्न सकिने उनको धारणा छ ।

यस्ताे छ ः चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीकाे धारणा

सम्मेलनको आलोचना सुरु
उता युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजक रहेको भन्दै आलोचना शुरु भएको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ ना दिइएको उक्त सम्मेलन क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेकोमा नेपाल सरकार सह–आयोजक रहेको भन्दै आलोचना शुरु भएको हो । सम्मेलनमा एसिया प्यासिफिक मुलुकका सरकार र राष्ट्र प्रमुख, पूर्वप्रमुख, संसदका सभामुख, मन्त्रीलगायतको सहभागिता रहने युपीएफले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया