‘बेपत्ता भएका छोरा घरमा पुग्दा रोकिएनन् सिमाका आँसु’

‘बेपत्ता भएका छोरा घरमा पुग्दा रोकिएनन् सिमाका आँसु’


दैलेख मंसिर ८ ।
रातो रङ्गको सुइटर, खुट्टामा चप्पल । एक निर्दोश बालक एक्कासी घर छेउमा पुगे । बालकको अघि पछि केहि सामाजिक अभियान्ता र गाउँपालिका र वडाका जनप्रतिनीधि । महिनौ देखि घरबाट बेपत्ता भएका छोरा घर छेउमा पुग्दा बालककी आमाले आँसु रोक्नै सकिनन् । बालकका घर छेउका छिमेकी संगै गाउँनै बालकको घरमा जम्मा हुन थाले । छिमेकीहरु पनि भावुक बने । सल्यान जिल्लाको दार्मा गाउँपालिका–३ का बालक प्रकाश बुढाथोकीको घरमा पुग्दा देखिएको दृष्य हो यो ।
केहि साता अघि दैलेख जिल्लाको एक होटलमा बाल श्रम बसिरहेका बालक प्रकाश बुढाथोकीलाई दैलेख जिल्लामा संचालित महिला तथा बालबालिका केन्द्र, बाल हेल्पलाइन नेपाल –१०९८ ले उद्धार गरेको थियो । महिला तथा बालबालिका केन्द्र, बाल हेल्पलाइन १०९८ मा रहेका प्रकाशको उपचारपछि शुक्रवार दार्मा गाउँपालिका स्थित बालकको घरमै पुगेर पारिवारिक पुर्नमिलन गराइएको छ ।
दैलेखबाट सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा र बाल अधिकार अनुगमन अधिकृत प्रभा विक बालकलाई पारिवारिक पुर्नमिलन गराउन सल्यान पुगेका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाका अनुसार बालकलाई घरमै पुगेर पारिवारिक पुर्नमिलन गराइएको हो । दार्मा गाउँपालिकाका अध्यक्ष मीन बहादुर केसी र सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले बालक प्रकाश बुढाथोकीलाई बुवा तुल बहादुर बुढाथोकी र आमा सिमा बुढाथोकीलाई संयुक्त रुपमा पारिवारिक पुर्नमिलन गराएका हुन् ।
बालकलाई परिवारमा पुर्नमिलन गराउनु भन्दा अगाडी दार्मा गाउँपालिकाको कार्यालयमा गरिएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मिन बहादुर केसीले बालकलाई उद्धार गरीदिएर उल्लेखनिय कार्य गरेको भन्दै सोसेक नेपाल दैलेखलाई धन्यवाद दिए । उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यक्षेत्र दार्मा गाउँपालिकामा बनाउन आग्रह गरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष टिकाशर्मा ओलीले बाल विवाह, बाल अधिकारका कार्यक्रमहरु दार्मा गाउँपालिकामा संचालन गर्न आग्रह गरिन् । उनले उद्धार गरिएका बालकको संरक्षणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाका अनुसार बालकलाई घरमा पु¥याउदा आमा बुबा र गाउँका सबै स्थानीय बासिन्दाहरु भावुक बनेका थिए ।
बेपत्ता भएका छोरालाई उद्धार पछि आफ्नै घरमा पु¥याइदिएको भन्दै बालक प्रकाशकी आमा सिमा बुढाथोकीले सोसेक नेपाल आफ्नो लागि भगवाननै बनेर आएको प्रतिक्रिया दिइन् । उनले अब छोराको उज्ववल भविष्यको खोजी गर्ने बताइन् ।

प्रतिक्रिया