अवार्ड विजयी थापालाई बधाई तथा सम्मान

अवार्ड विजयी थापालाई बधाई तथा सम्मान


दैलेख मंसिर ९ ।
एनपीस अवार्ड –२०१८ मा विजयी हुनुभएका सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापालाई सोसेक परिवारले सम्मान तथा बधाई ज्ञापन गरेको छ । यूएनडीपीको एनपीस नेटवर्कले जारी गरेको सूचना अनुसार उहाँ एनपीस अवार्डको ‘क्याम्पेनिङ्ग फर एक्सन’ मा विजयी हुनुभएको हो । संस्थाका अध्यक्ष उक्त अवार्डमा विजयी भएको खुसीयालीमा उहाँलाई सम्मान गरिएको हो ।

विगत दुई दशक देखि सामाजिक अभियान्ताको रुपमा सक्रिय रहनु भएका अध्यक्ष थापालाई सोसेक नेपालको कार्यसमितिका पदाधिकारी, विभिन्न कार्यक्रम/परियोजनाका कर्मचारीहरुले बधाई ज्ञापन संगै सम्मान गरेका हुन् । बधाई तथा सम्मान कार्यक्रममा सोसेक नेपाल दैलेखका पूर्व अध्यक्ष सिता राना, महासचिव कल्पना थापा, कोषाध्यक्ष दुर्गा कुमारी श्रेष्ठ, विभिन्न कार्यक्रम/परियोजनाका प्रमुख, सेभ द चिल्ड्रेनका विनु श्रेष्ठ, परियोजना/कार्यक्रममा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया