घटना सार्वजनिक हुँदा कुचलन हट्दै

घटना सार्वजनिक हुँदा कुचलन हट्दै


दैलेख मंसिर १० ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले मानवअधिकार हनन्का घटना सार्वजनिक गरिंदा सामाजिक कुचलन र ज्यादतिमा कमी आउने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाका मानवअधिकार हनन्का घटना सार्वजनिक गर्न सोमवार दैलेखमा आयोजना गरेको कार्यक्रम उनले सो विचार राखेका हुन् ।
इन्सेकले प्रकाशन गर्ने मानवअधिकार हनन्का घटना पुस्तक मार्फत सार्वजनिक हुने क्रममा समाजका बिकृति तथा कुचलन हट्दै गरेका र प्रहरीको अनुसन्धान शैली समेत सुधार आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले आफ्नो अनुभव सुनाए ।
कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत मधु सुनामले इन्सेकको नेपाल मानवअधिकार वर्ष पुस्तक आयोग आफै र धेरैले आधिकारिक श्रोतका रुपमा प्रयोग गर्ने भएकोले तथ्यांक, तथ्य र सत्यतामा चुक्न नहुने सुझाव दिइन् ।
कार्यक्रममा प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्री, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत द्वारिका अधिकारी, नारायण नगरपालिका वडा नं. ३ का नगर सदस्य हर्कबहादुर नेपाली लगायतका नागरिक समाजका अगुवा, पत्रकार र सर्वसाधारणले समेत वर्ष पुस्तकमा समेट्नु पर्ने जिल्लाका समस्याहरु विषयमा सुझाव दिएका थिए ।
त्यस बखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले दैलेखमा सन् २०१८ को जनवरीदेखि यता ११ महिनामा सबै भन्दा धेरै बहुविवाहका घटना १७ वटा, कानूनी प्रक्रियामा गएका बालविवाहका ७ वटा, बालकको हत्या ३, बोक्सीका २, बलात्कार तथा यौन दुव्र्यवहारका ६, जातीय विभेदका ५, बालअधिकार हनन्का ४, पारिवारिक हत्या १ र घरेलु हिंसा ४ वटा मुद्दा अदालत पुगेका जानकारी गराएका थिए ।

प्रतिक्रिया