दैलेखमा फिटनेस ‘जिम’ क्लब

दैलेखमा फिटनेस ‘जिम’ क्लब

नगर प्रमुख खड्का भन्छन् -‘स्थानीय सरकारलाई चुनौती थपियो’

दैलेख मंसिर १२,
दैलेखमा पहिलो पटक फिटनेस ‘जिम’ क्लब संचालनमा ल्याइएको छ । नारायण नगरपालिका–१ को डेकेन्द्र चोकमा अत्याधुनिक सुविधा सहितको क्लब संचालनमा ल्याइएको हो । स्वस्थ्य समाज निर्माण गर्ने परिकल्पना सहित ‘जिम’ क्लब स्थापना गरिएको संचालक लाल बहादुर थापाले बताए । उक्त क्लबको मंगलवार नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले उद्घाटन गरेका छन् ।

क्लबको उद्घाटन गर्दै नगर प्रमुख खड्काले युवाहरुलाई एकिकृत गरेर फिटनेस क्लबको स्थापना गरि उनिहरुको सुनौलो भविष्य निर्माण गर्न स्थानीय सरकारले प्रयास थालिरहेको बेला स्थानीय सरकारलाई नै चुनौती दिएर व्यक्तिगत लगानीमा फिटनेस ‘जिम’ क्लब स्थापना गरेकोमा संचालनकर्तालाई धन्यवाद दिए ।

‘खेती योग्य जमिन बाँझिदैछ,आमाबुबा बृद्धबृद्धा भए, युवा वर्ग सचेत हुन सक्नुभएको छैन्, नगरप्रमुख खड्काले भने ‘मुलुकको विकास र समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’ नगरप्रमुख खड्काले युवाहरुमा बढ्दै गइरहेको लागू औषध दुव्र्यसनि, मदिरा सेवनले समाजमा विभिन्न घटनाहरु घट्ने गरेको बताए । फिटनेस ‘जिम’ क्लब जिल्लाका तमाम युवाहरुलाई एकै स्थानमा संगठित गरेर उनिहरुको सकारात्मक सोच विकास गर्न र स्वस्थ्य समाज जिर्माण र समाज परिवर्तनको माध्ययम बन्ने नगर प्रमुख खड्काका् भनाई छ ।

उनले फिटनेस ‘जिम’ क्लबका लागि नगरपालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनले अत्याधुनिक सामग्री सहितको फिटनेस ‘जिम’ क्लबको अवलोकन समेत गरेका छन् । उद्घाटनका अबसरमा फिटनेस ‘जिम’ क्लबका संचालन लाल बहादुर थापाले अत्याधुनिक मेसिन सहितको फिटनेस ‘जिम’ क्लबले लागु औषध दुव्र्यसनिमा फसेका युवाहरुलाई सहि मार्गमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । फिटनेस ‘जिम’ क्लबले युवाहरुलाई सकारात्मक सोचको विकास गर्नुका साथै सभ्य र स्वस्थ्य समाज निर्माण गर्ने बताए ।

प्रतिक्रिया