बोलेरो जीप दुर्घटनामा दुईको मृत्यु

बोलेरो जीप दुर्घटनामा दुईको मृत्यु

दैलेख मंसिर १२

दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना भएको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका – ३ बहाँकोट तर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जीपमा सवार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–३ का वडा सदस्य कर्ण बहादुर बोगटीका अनुसार मृत्यु हुनेमा सोहि गाउँपालिका वडा नं. ३ का अन्दाजी ४७ वर्षिया राजेन्द्र बहादुर शाही र वडा नं. १ का अन्दाजी ३० वर्षिया निर्मल बम रहेका छन् । उनका अनुसार जीप ठाटीकाँध गाउँपालिका – ३ को धामीगाउँ नजिक आज विहान ८ बजे दुर्घटनामा परेको हो ।

घाईतेहरुको नाम र ठेगाना खुल्न सकेको छैन् । दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भिर रहेको वडा सदस्य बोगटीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीको प्रहरी टोली, गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही एम्बुलेन्स सहित घटनास्थल तर्फ जाँदै गरेको जनाइएको छ ।

प्रतिक्रिया