दैलेख दुर्घटना – मृतक ५ पुगे

दैलेख दुर्घटना – मृतक ५ पुगे

दैलेख मंसिर १२ ।

दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ८ मध्ये ५ जनाको मृत्यु भएको हो भने ३ जना गम्भिर घाइते भएका छन् । आज विहान सुर्खेत देखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेक भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँध गाउँपालिकाको पिपलचौतारा धामीगाउँ नजिक दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा ठाटिकाँध गाउँपालीका–२ का चालक रमेश शाही, ठाटिकाँध – ३ का अन्दाजी ४७ वर्षिय राजेन्द्र वहादुर शाही, ठाटिकाँध – १ का अन्दाजी ३० वर्षिय निर्मल वम, ठाटिकाँध ३ कि रत्ना शाही र ठाटिकाँध– ३ का दिलीप शाही रहेका छन् ।
गम्भिर घाइते भएका ठाटीकाँध गाउँपालिका–३ का मनिषा राष्कोटि, ठाटीकाँध–१ का जुद्ध सुजि र शमशेर बमलाई उपचारका लागि सुर्खेत पठाइएको ठाटीकाँध प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शाहले बताउनुभयो ।

घाइतेहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । जीप करिब ३ सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक शाहले जानकारी दिनुभयो । शाहका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसकेपनि उकालो सडकमा जीप अगाडी वढ्न नसकेर पछाडी तर्फ गुडेकोका कारण दुर्घटना हो ।

प्रतिक्रिया