शोक वक्तव्य जारी

शोक वक्तव्य जारी

चामुण्डा मंसिर १२ ।
ठाटिकाँध गाउँपालिकामा तनि जना घाइते र पाँच जनाको ज्यान जाने गरी भएको जिप दुर्घटना प्रति दुःख व्यक्त गर्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाहीले शोक वक्तव्य जारी गर्नुभएको छ ।

नगरप्रमुख शाहीद्धारा शोक वक्तव्यमा भनिएको छ ‘ठाँटिकाँध गाउँपालिकको वडा नं.३ सुईया विशालामा आज (बुधवार) विहान ८ बजे भएको जीप दुर्घटना र त्यसवाट भएको मानविय क्षतिप्रति दुख व्यक्त गर्दछु, जीप दुर्घटनामा परी मृत्यु हुनुभएका ठाँटिकाँध गाँउपालिका वडा नं.३ का राजेन्द्र शाही, वडा नं. १ का निर्मल बम, वडा नं. २ का चालक रमेश शाही, वडा नं. ४ की रत्ना शाही, वडा नं. ४ का दिलिप शाहीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गर्दछु ।’
शोक वक्तव्यमा जीप दुर्घटनामा परी घाईते भई उपचार गराईरहनुभएका ठाँटिकाँध गाउँपालिका वडा नं. १ का जुध सुजी, वडा न. २ का शमशेर बम र वडा नं. ३ का मनिसा रास्कोटीको प्रति सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही र उपाध्यक्ष सुस्मीता सिंहले दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाण्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र्र स्वास्थ्य लाभको काम गर्नुभएको छ ।

प्रतिक्रिया