किशोर–किशोरीले गरे हिंसाबारे छलफल

किशोर–किशोरीले गरे हिंसाबारे छलफल

ज्वाला संदेश
दैलेख मंसिर १४ ।
किशोरी हिंसाबारे किशोर किशोरीले संयुक्त रुपमा छलफल गरेका छन् । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा दैलेखको नारायण नगरपालिका स्थित सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गमा आयोजित किशोरी माथी हुने हिंसा रोकथाम सम्बन्धि दोहोरो संवाद कार्यक्रममा किशोर किशोरीले किशोरी हिंसाबारे सामुहिक छलफल गरेका हुन् ।
उक्त दोहोरो संवाद कार्यक्रममा बालिका बचाउ अभियानका संयोजक सजना सुनारले यौन दुव्र्यवहार, किशोरी हिंसाबारे उनिहरुलाई जानकारी गराएकी थिइन् । उनले हिंसा हुनुको कारण र समाधानका उपाएबारे किशोर किशोरीहरुलाई जानकारी गराएकी थिइन् । संयोजक सुनारले किशोर किशोरीलाई भविष्य राम्रो बनाउन उत्प्रेरणा कक्षा समेत संचालन गरेकी थिइन् ।
छलफलमा उक्त विद्यालयमा अध्ययनरत किशोरीहरुले आफ्नो आत्मरक्षाका लागि सक्षम रहेको प्रतिक्रिया दिएका छन् र उनिहरुले हिंसा सहेर नबस्ने बताउदै आफुलाई भएको हिंसाबारे आफ्ना अभिभावक, विद्यालयका शिक्षक र साथीहरुलाई भनेर समाधान निकाल्ने बताएका छन् । यस्तै विद्यालयमा अध्ययनरत किशोरहरुले आफ्ना घरवरीपरि रहेका दिदिबहिनीलाई आत्मसम्मानका लागि बाँच्न सघाउँने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उक्त विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले विद्यालय स्तरमा हुने यस्ता कार्यक्रमले किशोरीमाथी हुने हिंसा न्यूनिकरणमा सहयोग पु¥याउने बताए । दैलेख जिल्लामा संचालित बालिका बचाउ अभियानको आयोजना, इन्सेक दैलेखको सहयोग र सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गको समन्वयमा भएको दोहोरा संवादमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक सहभागि थिए ।

प्रतिक्रिया