वडा कार्यालयलाई निशुल्क जग्गा

वडा कार्यालयलाई निशुल्क जग्गा

प्रविन शाही
दैलेख मंसिर २० ।
दैलेखको ठाटीकाँध गाउँपालिका –४ को वडा कार्यालय भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराइएको छ । सोहि ठाउँमा बसोबास गर्दै आएका पदम कठाएतले २५ सय ४४ वर्ग मिटर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । कठाएतले विहिवार नापी कार्यालय दुल्लुका रजिस्टेशन पास गरेर कार्यालयको नाममा लालपुर्जा बुझाएका हुन् । जग्गा धनि पदम कठायतले वडा अध्यक्ष र वडा सचिवलाई वडा कार्यालयको नाममा पास गरीएको जग्गाधनी प्रमाणपत्र बुझाएको वडा सचिव देविसरा शाहीले बताइन् ।
जग्गा धनि कठायतले वडा नं. ४ लाई गाउँपालिकाकै पहिलो वडाको रुपमा चिनाउनको लागि स्थानीय जनताको साथ र सहयोग आवश्यक रहेको भन्दै वडा कार्यालयको भवन निर्माण गर्न निशुल्क जग्गा उपलब्ध गराएको बताए । वडा कार्यालयको भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएको भन्दै वडाअध्यक्ष रमेश सिजापतीले जग्गादातालाई धन्यवाद दिए । उनले आफु सधै वडाको विकास समृद्धिमा प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया