विकासमा महिला सहभागिता जरुरी – सांसद विशुन्के

विकासमा महिला सहभागिता जरुरी – सांसद विशुन्के


दैलेख मंसिर १९
प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केले नौमूले गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सवैभन्दा पहिला यहाँका नागरिकहरु समृद्ध हुनुपर्ने बताउनुभएको छ । नौमूले गाउँपालिकाको आयोजनामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगर्त बृहत ¥याली तथा सभालाई सम्बोधन गर्नुहुँदै सांसद विशुन्केले भन्नुभयो ‘कुनै बेलाको द्धन्द्धले ग्रसित नौमूले क्षेत्र तिब्र विकासको गतिमा छ ।’ नौमुले क्षेत्रका महिलाको उत्साह, सहभागिता र क्रियाशिलतालाई हेर्दा सिंहदरवार गाउँगाउँमा आइपुगेको महसुस हुँदै गएको बताउँदै सांसद विशुन्केले गाउँपालिकाले संचालन गर्ने हरेक विकास निर्माणका गतिविधीमा महिलाको अनिवार्य सहभागिता हुनुपर्न धारणा राख्नुभयो ।
गाउँपालिका देखि वडा तहले महिला लक्षित कार्यक्रमहरु संचालन गर्न गाउँपालिकालाई आग्रह गर्नुहुँदै सांसद विशुन्केले छोरी शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राख्नुभयो । महिला माथी हुने हिंसा अन्त्यका लागि गाउँपालिकाले महिलालाई उचित शिक्षा दिनुपर्छ, सांसद विशुन्केले भन्नुभयो ‘महिलाहरु आर्थीक रुपमा शसक्त बनाउन गाउँपालिकाको अहम भूमिका रहन्छ ।’
मुलुकमा भएको थुपै्र आन्दोलनको फल स्वरुप पिडित, शोषित र विपन्न नागरिकको अधिकार स्थापीत भएको स्मरण गर्नुहुँदै सांसद विशुन्केले समान सहभागितामा विशेष जोड दिनुभयो । महिलालाई उचित शिक्षाको पहुँच, आर्थीक शसक्तिकरण र शिक्षा आर्जन गरेअनुसारको रोजगारमुलुक काममा सहभागि हुन पाउनुपर्ने उहाँको भनाई थियो ।
नौमूले गाउँपालिका कार्यवाहक अध्यक्ष गगन बहादुर रोकामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुनिता चन्द, नौमूले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रत्न बहादुर कटुवाल, पहल कार्यक्रमका वित्तिय सेवा अधिकृत सिपी शर्मा लगाएतले आ–आफ्नो विचार राखेका थिए । अभियानको अबसरमा आयोजित बृहत ¥याली नौमूले बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
पहल कार्यक्रमको सहयोग तथा समन्वयमा गरिएको उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि, स्थानीय महिलाहरु, विद्यार्थी तथा पत्रकार अमर सुनार, हिक्मत नेपाली, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा विक, पहल कार्यक्रममा सुशासन अधिकृत युवराज शाही, इप्रका नौमूलेका इन्चार्ज श्याम अर्याल लगाएत सहभागि थिए ।

प्रतिक्रिया