सरोकारवाला र सेवाग्राहीबिच अन्तरक्रिया

सरोकारवाला र सेवाग्राहीबिच अन्तरक्रिया


दैलेख मंसिर २३ ।
दैलेखको दुल्लु नगरपालिकामा बाल अधिकार, बाल विवाह, छाउपडी, र बाल हेल्पलाइन सम्बन्धि एक दिने सरोकारवाला र सेवाग्राहीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, १०८९ (दश नौ आठ) बाल हेल्पलाइनको आयोजना तथा दुल्लु नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रियामा जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले बाल अधिकार, बाल विवाह, छाउपडी लगाएतका क्षेत्रमा काम गर्दै आएको सोसेकलाई धन्यवाद दिदै संस्थाले संचालन गर्ने गतिवीधीलाई जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।
दुल्लुु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जिल्लामा संचालित बाल हेल्पलाइनले जोखिममा परिरहेका बालबालिकालाई सहयोग गरिरहेको बताउदै दुल्लु नगरपालिकाले समेत उक्त कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगरपालिकाका जनप्रतिनीधि, बाल क्लबका प्रतिनीधि, स्थानीय महिला सहभागि रहेको अन्तरक्रियामा बाल अधिकार, बाल विवाह, छाउपडी, र बाल हेल्पलाइनबारे छलफल गरिएको सोसेक नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा विकले बताए । उक्त कार्यक्रममा १०८९ (दश नौ आठ) बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जिल्लामा संचालन गरिएको बाल हेल्पलाइनद्धारा संचालित गतीवीधीबारे जानकारी गराएको बताइएको छ ।
छलफलमा दुल्लु नगरपालिकाले जोखिममा परेका बालबालिका, समस्यामा परेका महिलाहरुको लागि मनोविमर्श परामर्श, राहत र परिवारमा पुर्नस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
नगरउपप्रमुख विष्णु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका नगर बाल संजालका अध्यक्ष भानुभक्त लम्साल, इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक बजिरसिंह विष्ट, वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र थापाले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया