ठाटीकाँधमा परियोजना बहिर्गमन कार्यशाला

ठाटीकाँधमा परियोजना बहिर्गमन कार्यशाला


दैलेख मंसिर २५
दैलेखको ठाटीकाँध गाउँपालिकामा परियोजना बर्हिगमन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना सकिनै लाग्दा परियोजनाबाट प्राप्त उपलिब्ध, राम्रा अभ्यास र सिकाईहरुलाई निरन्तरता दिने उद्धेश्यले गाउँपालिकामा परियोजना बहिर्गमन कार्यशाला गोष्ठि सम्पन्न गरिएको हो ।
परियोजनाले ४ वर्षको अवधीमा ठाटीकाँध गाउँपालिकामा शिक्षा, बालअधिकार शासन, बालसंरक्षण तथा अनुगमनको क्षेत्रमा काम गरेको परियोजनाका शिक्षा अधिकृत मोहन पौड्यालले बताए । परियोजनाको कार्यक्षेत्र ठाटीकाँध गाउँपालिकाको वडा नं. ३ र ४ का बालबालिका विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको शिक्षा अधिकृत मोहन पौड्यालको भनाई छ ।
गोष्ठिमा बोल्दै ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले सहयात्रा परियोजनाले शिक्षा, बालअधिकार शासन, र बालसंरक्षणको क्षेत्रमा उल्लेख्य कार्य गरेको हुदाँ विकास साझेदार निकायलाई परियोजना निरन्तरताका लागि आग्रह गरेका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, सोसेक नेपालका कार्यसमिति सदस्य टिकादेवी जैसी, गाउँपालिकाका जनप्रतिनीधि, गाउँपालिकाका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।
साथै सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा विकले सोसेक नेपाल द्धारा संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) ले गरिरहेको कामबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया