एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु

दैलख — गुराँस गाउँपालिका–४ लाठेमा बा २ झ १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश बिष्टको मृत्यु भएको हो । दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताएका छन् ।

खड्कालाई उपचारकालागि सुर्खेत लगिएको छ। बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्याएर फर्कदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया