अस्थायी र करार कर्मचारी भन्छन ‘समायोजनमा सम्मान व्यवहार होस’

अस्थायी र करार कर्मचारी भन्छन ‘समायोजनमा सम्मान व्यवहार होस’

हिक्मत बहादर नेपाली 
दैलेख, २ पुस ।
सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश मार्फत पेशागत स्थायित्व नभएको भन्दै स्थानीय तहमा कार्यरत अस्थायी र करार कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजनका लागि सबै सेवा विच समान व्यवहार नभएको भन्दै समातामुलक व्यवहार गर्नुपर्ने माग राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । आन्दोलन परिचालन समिति मार्फत स्थानीय तहमा क्रियाशिल सबै संघ, संगठन युनियन, एशोसियशनहरुको संयुक्त समितिले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको नेपाल नगरपालिका कर्मचारी एसोसियसनका केन्द्रिय सदस्य नेत्र बहादुर बस्नेतले बताए ।
उनिहरुले स्थानीय तहमा अविछिन्न रुपमा कार्यरत अस्थायी, करार, ज्यालादारी तथा सामाजिक परिचालकहरुलाई सर्वोच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसला आदेशको कार्यान्वयन गर्न माग गरेका छन् । जसका लागि कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा १५ मा व्यवस्था हुनुपर्ने, स्थानीय सरकार संचालन ऐन २०७५ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीहरुको स्थायित्वका साथै सेवा निरन्तरताको व्यवस्था सोही अध्यादेशमा हुनुपर्ने माग छ ।
साविकका स्थानीय निकायका श्रेणि विहिन कर्मचारीहरको स्तर बृद्धिका साथै सबै तहको बढुवा लगाएत वृति विकास तत्काल लागु गर्नुपर्ने कर्मचारीहरुको माग छ । जिससमा स्थानीय सेवाको दरबन्दी कायम गर्नुपर्ने, जिससमा हाल कार्यरत अस्थायी करार, ज्यालादारी तथा सामाजिक परिचालक कर्मचारीको सेवा निरन्तरताको ग्यारेन्टी गर्ने माग कर्मचारीहरुले राखेका छन् ।
यसैगरी कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ को उपदफा (४) बमोजिम सेवामा समायोजन हुने सबै कर्मचारीहरुलाई समान व्यहार गर्नुपर्ने, साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको समकक्षता निर्धारण गर्नुपर्ने माग कर्मचारीहरुको छ । यस्तै काठमाण्डौ उपत्यका लगाएतका स्थानीय तहमा फोहोर मैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभुती नगरी निजी क्षेत्रमा लैजान लागेकाले उक्त कदम रोक्नुपर्ने कर्मचारीहरुले माग राखेका हुन् ।

सबै स्थानीय तहमा आन्दोलन
(यस्ता छन् आन्दोलनका कार्यक्रम)

सरकारले कर्मचारी समायोजन अध्यादेश जारी भएसंगै दैलेखको ११ वटै स्थानीय तहमा कार्यरत्त अस्थायी र करार कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारी सम्मान व्यवहार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिका हुन । विभिन्न मागहरु राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति दैलेखका नगरपालिका र गाउँपालिकाका प्रमुख रप्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । कर्मचारीहरुले चरणबद्ध आन्दोदनका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

आन्दोलन स्वरुप सोमवार जिल्लाका सबै स्थानीय तहको कामकाज बन्द गरी कार्यालय परिषर्मा धर्ना दिएका छन् । यस्तै आज र भोलीसबै स्थानीय तहका कार्यालयहरुमा कालो पट्टी बाँध्ने र कलम बन्द गर्ने, पौष ५ गते देखि ९ गते सम्म सबै स्थानीय तहका कार्यालयहरुमा कालो पट्टी बाँध्ने र कलम बन्द गर्ने र पौष १० गते सम्म पनि मागहरु पुरा नभएमा आन्दोलन कार्यक्रमलाई थप सशक्त बनाउने संयुक्त आन्दोलन परिचान समितिका संयोजक इन्द्र बहादुर थापाले बताए । सोमबार देखि दैलेखका सबै स्थानीय तहमा कार्यालयको दैनिक कामकाजलाई ठप्प राख्दा सेवाग्राही भने प्रत्यक्ष मर्कामा परेको छन् ।

यसो भन्दा नगर प्रमुख

संयुक्त आन्दोलन परिचालन समितिले राखेको माग पत्र बुझ्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले कर्मचारीहरुले राखेको माग जायज भएको बताउँदै माग पुरा गर्न सरकार पछि हट्न नहुने धारणा राखे । ‘कर्मचारीहरुले लामो समय जनप्रतिनीधि विहिन साविकका स्थानीय निकाय संचालन गरी विकास, समृद्धि र सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनुभएको छ,’ नगरप्रमुख खड्काले भने ‘संघिय संरचनाको तीन वटै तहका सरकार संचालन गर्न र नागरिकहरुलाई प्रभावकारी सेवा प्रदान गर्न कर्मचारी र जनप्रतिनीधि विच हातेमालो जरुरी छ । ’
राष्ट्रसेवक कर्मचारीको समस्याहरु समाधान गर्न स्थानीय सरकार तयार रहेको बताउदै नगरप्रमुख खड्काले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

प्रतिक्रिया