सूचनाले बिश्वास बढाउँछःआयुक्त बास्कोटा

सूचनाले बिश्वास बढाउँछःआयुक्त बास्कोटा

दैलेख– राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सरकारी कार्यालयको सूचना प्रवाह प्रणालीले जनबिश्वास बढाउने बताउनुभएको छ । दैलेखमा सरकारी कार्यालय तथा सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा कानूनले गोप्य राख्नु भनिएका राष्ट्रिय संवेदनशीलता बाहेकमा सूचना प्रवाह गर्न सरकारी अधिकारीहरु नहिच्किचाउन बास्कोटाले आग्रह गर्नुभयो ।
सोहि अबसरमा सूचना आयोगका सचिव मणिराम ओझाले कार्यालयहरुले तोकेका सूचना अधिकारीहरुलाई कार्यालय प्रमुख र अरु कर्मचारीहरुले समेत सबै सूचना अध्यावधिक गराउनुपर्ने सुझाव दिनुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरकारी अधिकारी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष कृष्ण देवकोटा लगायतका पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया