न्याय नपाएको गुनासो

न्याय नपाएको गुनासो


दैलेख पुस ५ ।
गत जेठ २३ गते सल्यान जिल्लाको सारदा नगरपालिका–५ सिराचौर जंगलमा मृत फेला परेका प्रहरी हवल्दार रमेश कुमार थापाको परिवारले न्याय नपाएको गुनासो गरेका छन् । जेठ २० गते डिउटी सकेर ससुराली तर्फ हिडेका प्रहरी हवल्दार थापा तीन दिन पछि मृत फेला परेका थिए । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी हवल्दार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ । मृतकका बुबा भूपालबहादुर थापाले विहिवार दैलेखमा पत्रकार सम्मेलन गरेर आफ्नो छोराको मृत्यु नभएर हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबार्ही हुनुपर्ने माग गर्नुभयो । घटनाको सत्थतथ्य छानवीन गरेर दोषिमाथी कार्बाही गर्नुको साटो प्रहरीले उल्टै घटनालाई तोडमोड गरेको उहाँको आरोप छ । उहाँले न्याय माग्न जाँदा उल्टै प्रहरीबाटै दुव्र्यवहार सहनुपरेको बताउनुभयो । मृतक प्रहरी हवल्दारका श्रीमती यशोधरा रावल श्रीमानसँगै ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत थिइन् ।

‘छोरा मरेको खबर न त बुहारी दिइन्, न त जिप्रका सल्यानले दियो,’ मृतकका बुबा थापाले भन्नुभयो ‘आफ्नो छोरा मरेको खबर दैलेख जिल्लाका सल्यानमा कार्यरत कर्मचारीहरुले दिए ।’ छोराको लास भेटिएको खबर पाएपछि दैलेखबाट मेरो भाई छोरा लास लिन सल्यान पुगे, त्यसपछि जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसन्धान टोलीले प्रकृति मुचुल्का उठायो, लासको प्रकृति हेर्दा घटना घटेको नभई घटाईएको देखिन्छ, मृतकका बुबा थापाले भन्नुभयो ।’ मृतक छोराको शरिरभरी घाउ, चोट तथा निलडाम मात्रै रहेको उहाँको भनाई छ । गत जेठ २४ गते विहान लासको प्रकृति मुचुल्का सकेर पोष्टमार्टममा लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो । सोहि दिन ३ बजे छोरोको लाश दैलेख पु¥याइएको उहाँले बताउनुभययो । उहाँका अनुसार २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीको सलामी सहित धर्मकर्मको आधारमा प्रहरी हवल्दार थापाको सतगत गरिएको थियो । श्रीमानको मृत्युको खबर सुनेर बुहारी घटना स्थलसम्म पुगिनन्,’ मृतकका बुवा थापाले भन्नुभयो । बुहारी एक्कासी जिल्ला अस्पताल सल्यानमा देखा परेको उहाँको भनाई छ । छोराको मृत्युले पुरै परिवार शोक डुवेको बेला आफ्नै श्रीमानको मृत्यु हुँदा बुहारीले एक थापो आँसु नझारेको थापाले बताउनुभयो ।

मृतक थापाको सतगत गरेकै दिनमा जिल्ला प्रहरी कार्यालयको मिलेमत्तोमा मृतक प्रहरी हवल्दार रमेश कुमार थापा मानसिक सन्तुलन ठिक नभएको, छारे रोग भएको जस्ता भ्रामक समाचार प्रकाशन भएको पिडित परिवारको भनाई छ । त्यसबारे तत्कालिन जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रेमशंकर चौधरीलाई सोध्दा मृतकका परिवारका अनुसार पत्रकारहरुले सोधेको पश्नको जवाफ दिएको हुँ, भन्ने जवाफ फर्काएको पिडित परिवारको भनाई छ । ‘छोराको काजकिरिया सकेर असार ७ गते सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं, तर प्रहरीले जाहेरी लिन मानेन, मलाई अभद्र व्यवहार गरियो मृतकका बुबा थापाले भन्नुभयो ।’ सल्यान प्रहरीले छोरा डेरा गरि बसेको ठाउँमा खानतलासी गर्न मैनापोखर बर्दिया जानु भनेपछि आफु मैनापोखर बर्दिया पुगेर प्रहरीको टोलीले छोरा बसेको कोठामा खानतलासी गर्दा छोराले लगाएको सुन तथा जायजेथा कुनै पनि नभेटिएको थापाले बताउनुभयो ।
न्यायका लागि सल्यान प्रहरीमा चार पटक सम्म पुग्दा प्रहरीले हप्काउने, धकलपकल गर्ने गरेको उहाँको भनाई छ । छोराको लाश भेटिएको ठाउँमा समेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन, श्रीमान् मरेको बेला पनि दुःखित नहुनुले छोराको हत्यामा संलग्न व्यक्ति बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरी समक्ष जाहेरी दिन गएको थिएँ तर, प्रहरीले जाहेरी बुझ्नै मानेन्, उहाँले भन्नुभयो ।’
थापाका अनुसार प्रहरी समक्ष छोराले लगाएको कपडा, जुत्ता, झोला, मोबाइल अहिलेसम्म पत्ता नलाग्नुको कारण सोध्दा तत्कालिन सल्यान प्रहरी प्रमुख भरत विकले उनिमाथी हातपात समेत गरेका थिए । प्रहरी प्रमुख विकले आफुमाथी मानसिक यातना समेत दिएको उहाँको भनाई छ । न्यायका लागि दैलेख जिल्लामा भएको नागरिक सुनुवाई कार्यक्रममा कुरा उठाउनुका साथै काठमाण्डौमा पुगेर पत्रकार सम्मेलन समेत गरेको उहाँको भनाई छ । अहिले सम्म घटनाको सत्थतथ्य छानवीन हुन सकेको छैन्, मृतकका बुबा थापाले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाबारे सत्य तथ्य लुकाउन खोजेको पिडित परिवारको आरोप छ । घटना घटेको ७ महिना बित्यो, मृतकका बुबाले भन्नुभयो, प्रहरीले जाहेरी समेत दर्ता गर्न मानेको छैन्, घटनाको प्रमाण मेटाउने काममा पनि प्रहरीकै मिलेमत्तो छ ।’

प्रहरी मारिदाँ प्रहरीबाटै असहयोग भएको छ, घटनाको सक्कली प्रमाणहरु नष्ट गरे नक्कली प्रमाण बनाई प्रहरी आफु बलियो बन्न खोजेको पिडित परिवारले आरोप लगाएको छ । मेरो छोरा कुनै रोगबाट ग्रसित थिएन्, तर प्रहरीको मिलेमत्तोमा मानसिक सन्तुलन बिग्रिएको, छारे रोग भएको भनेर घटनालाई बंग्याउन खोजिएको छ, मृतक थापाका बुबाले भन्नुभयो । ‘शान्ति सुरक्षाका लागि खटिएको अवस्थामा मेरो छोराको एक्कासी हत्या भएको छ, घटनाको सत्थतथ्य छानवीन गरेर दोषीमााथी कारबाही गर्नुपर्छ भनेर सल्यान प्रहरी, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत हुँदै प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालयसम्म पुगिसकेको छु, तर प्रहरी प्रशासनले न्यायका लागि कुनै प्रयास थालेन्,’ उहाँले भन्नुभयो ‘घटनामा संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही नभएसम्म नेपालको अदालतमात्रै होइन अन्तर्राष्ट्रिय अदालत सम्म पुग्छु ।’

प्रतिक्रिया