बालविवाह रोक्न गाउँपालिकाले स्कुल-स्कुलमा पठायो निगरानीपत्र

बालविवाह रोक्न गाउँपालिकाले स्कुल-स्कुलमा पठायो निगरानीपत्र

बालविवाह रोक्न गाउँपालिकाले स्कुल-स्कुलमा पठायो निगरानीपत्र
सांकेतिक तस्बिर ।

बाजुरा : बाजुरामा बालविवाह गर्ने क्रम नरोकिएपछि गौमुल गाउँपालिकाले गाउँपालिकाभर रहेका सबै स्कुलमा निगरानी पत्र पठाएको छ ।

गाउँपालिकामा रहेका २३ वटै स्कुललाई पत्र पठाउँदै उनीहरुले बालविवाह गर्न लागेको हो वा हैन त्यसबारे निगरानी गर्न आग्रह गरेको छ । स्कुल पढ्ने उमेरमै बालबालिकाले पढाइ छोडी विवाह गर्न थालेपछि गाउँपालिकाले बालविवाह रोक्न भन्दै निगरानी पत्र पठाउने निधो गरेको हो । निगरानी पत्रमा बिद्यार्थी लामो समय गयल भएको वा विवाह गर्न लागेको बारे निगरानी राख्न आग्रह गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले भने, ‘हामीले केही वडाहरुमा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाइ बाल विवाह रोक्न पनि लगायौँ । विद्यालयमा पढिरहेका कुनै पनि बालबालिकालाई पढाइ छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख र परामर्श गर्ने र त्यस्तो कार्य भएको पाएमा तत्काल गाउँपालिकालाई खबर गर्न आग्रह गरेका छौँ ।’

गाउँपालिका भित्र रहेका सबै वडाका बाल विवाह गर्नेका अभिभावकलाई गाउँपालिकाको कार्यालयमै बोलाइ बाल विवाहबाट हुने समस्या र त्यसको न्युनिकरणबारे छलफल समेत गरिएको उपाध्यक्ष सीता थापाले बताइन् ।

उनका अनुसार गाउँपालिकाले सबै अभिभावकलाई बाल विवाहविरुद्ध प्रशिक्षण नै दिएको थियो । गत साता गाउँपालिकाले गाउँपालिकाभित्र बाल विवाह गर्ने ६ वटा जोडीलाई बाल विवाह गर्नबाट रोक लगाएको थियो ।

प्रतिक्रिया