अलपत्र भेटिएकी बालिकालाई जन्मदर्ता र परिवारसँग पुर्नमिलन

अलपत्र भेटिएकी बालिकालाई जन्मदर्ता र परिवारसँग पुर्नमिलन


दैलेख पुस ९
गत श्रावणको मध्य तिरको अविरल बर्षात । अविरल बर्षातमा लुछुप्प भिजेर खोला तिरमा एक बालिका जाडोले कापिरहेको अवस्थामा फेला परिन् । नौमूले गाउँपालिकाको नजिकै खोला किनारमा बालिकाका साथमा एक अधबैसे महिला । उनि महिला थिइन्, उनै बालिकाको जन्मदिने आमा । त्यहि खोला किनारबाट आमा र बालिका दुवैको उद्धार गरेर सदरमुकाम ल्याउने प्रयास गरियो । तर आमाको मानसिक सन्तुलन बिग्रीएका कारण उद्धार गर्न सकिएन् ।
४ बर्षिया बालिकालाई मात्रै त्यहाँबाट उद्धार गरेर दैलेख सदरमुकाम ल्याइपु¥याइयो । बालिकालाई दैलेख सदरमुकाम ल्याउदाँ न त उनको कुनै परिचय थियो, न त परिवारको ठेगान । जिल्ला प्रशासन कार्यालय दैलेखको सिफारिसमा दैलेखमा संचालित बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्रमा ल्याउँदा बालिकाले आफ्नो नाम समेत थाहा थिएन् ।
केन्द्रको संरक्षणमा उनि झण्डै ५ महिना बिताइन् । त्यहाँ बस्दा उनको नाम श्रृटि भनेर बोलाउन थालियो । त्यति मात्र होइन् सोसेक दैलेखद्धारा संचालित केन्द्रले बालिका जन्मदर्ता दिलाउन परिवारको खोजी गर्न थाल्यो । त्यसको ४ महिनापछि उनको घर नारायण नगरपालिका ४ सोत र मामा घर नारायण नगरपालिका १० भवानीमा रहेको पत्ता लाग्यो । बालिकाको परिवार खोज्नै ४ महिना लागेको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । बालिकाको परिवार पत्ता लगाइसकेपनि उनको जन्म्दर्ता समेत बनाइयो । अन्तत खोला किनारमा अलपत्र फेला परेका ४ बर्षिया बालिकाले आफ्नो परिचय र परिवार पाइन् । जन्मदर्तामा उनको नाम श्रृष्टि बुढा राखिएको छ ।
महिला तथा बाबालिका केन्द्रको संरक्षणमा झण्डै ५ महिना बसेकी श्रृष्टिलाई सोमवार पारिवारिक पुर्नमिलन गराइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, जिसस दैलेखका समन्वय अधिकारी लगाएतको उपस्थितीमा बालिकालाई परिवारको जिम्मा लगाइएको हो । श्रृटिका ठुलोबुबा लछिराम बुढा र मामा घरको हजुरआमा मन्धरा कटुवाल लगाएत परिवारको सहमति अनुसार आगामी २ बर्ष सम्म मामाघरको हजुरआमाले पालनपोषण गर्ने गरि श्रृष्टिलाई परिवारलाई हस्तान्तरण गरिएको हेल्पलाइन संयोजक श्रेष्ठले बताउनुभयो ।
बालिकालाई पारिवारिक पुर्नमिलन तथा छात्रबृति प्रदान कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले अलपत्र परेका बालबालिकाको उद्धार, राहत तथा पुर्नस्थापनामा महिला तथा बालबालिका केन्द्रले महत्वपूर्ण काम गरेको बताइन् । उनले केन्द्रको आफ्नै भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धार पछि परिवारीक पुर्नमिलन गराएकी बालिकाको उज्वल भविष्य निर्माणमा सहयोग गर्ने बचन दिए । सोहि अबसरमा बालिकालाई छात्रबृति समेत प्रदान गरिएको छ । उनलाई बाल हेल्पलाइनबाट शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरिएको छ । बालिका श्रृष्टि बुढाको दिदि सारदा बुढालाई पनि छात्रबृति प्रदान गरिने सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।

 

प्रतिक्रिया