‘पुण्य कमाउन कुनै मन्दिर जानु पर्दैन’

‘पुण्य कमाउन कुनै  मन्दिर जानु पर्दैन’

दैलेख पुस १७ ।

दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका – ६ का बृद्ध चन्द्र कामीलाई घरमा सहयोग गर्ने कोही छैनन् । नत श्रीमती छ, नत छोरा–छोरी । केही वर्ष अघि उनकी श्रीमतिको मृत्यु भएपछि चन्द्र घरमा एक्लै बस्छन् । छोरा–छोरी नहुदाँ नयाँ कपडा दिने गाउँका कोही थिएन् । दिएपनि पुराना कपडा दिन्छन, नयाँ कपडा दिदैनन्, चन्द्र कामीले भन्नुभयो ।’
कसैले पनि अहिलेसम्म नयाँ कपडाको नाममा एउटा टोपी र मक्लर (गल्बन्धी) समेत नदिएको उनि बताउँछन् । जनप्रतिनिधि निर्वाचित भएपछि आफुलाई पहिलो पटक टोपी र मक्लर दिदाँ आफु निकै खुुसी भएको चन्द्रको भनाई छ । ‘चिसो पनि बढेको थियो, टोपी र गल्बन्धी खरिद गर्ने पैसा थिएन्,’ ‘जनप्रतिनिधिहरुले आफुलाई टोपी र गल्बन्धी दिएर सम्मान गर्दा निकै खुसी छु, उहाँले भन्नुभयो ।’ ‘जीवनमै पहिलो पटक नगरपालिकाले सम्मान गरेपछि उहाँले सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभुति सुनाउनुभयो ।
मंगलबार चामुण्डाविन्द्रासैनी नगरपालिका – ६ मा महिला विकास शाखा र वडा नं. ६ ले बृद्धा बृद्धहरुको सम्मान गरेको छ । बृद्ध वीरजीत शाहीलाई टिका, दोसला ओढाएर र टोपी लगाएर सम्मान गरी कार्यक्रमको उद्घाटन गर्नुहुँदै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाहीले भन्नुभयो, ‘पुण्य कमाउन कुनै मन्दिर जानु पर्दैन, ‘जेष्ठ नागरिकलाई सम्मान र माया गरे पुग्छ ।’
उहाँले जेष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बृद्धा सम्मानित गृह निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बखत बहादुर बोहोराले जेष्ठ नागरिकको आवश्यतालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाईने जानकारी दिनुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा नं. ६ का १ सय २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरपालिकाले सम्मान गर्दा जेष्ठ नागरिकहरु खुसी भएको महिला विकास शाखा प्रमुख माया सिंहले बताउनुभयो ।

प्रतिक्रिया