‘स्मार्ट सिटी’ को लागि योजना

‘स्मार्ट सिटी’ को लागि योजना


सबै योजनाका लागि २५/२५ करोड रुपैयाँ विनियोजन
पुस १८,  दैलेख – नेपाल सरकारले ‘स्मार्ट सिटी’ छानेको दुल्लुमा पहिलो चरणमा तीनवटा योजना छनोट गरिएको छ । दुल्लु नगरपालिकाले ती योजना छनोट गरी सरकारलाई कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

नगर प्रमुख घनश्याम भण्डारीका अनुसार नगरपालिकालाई सूचना तथा प्रविधिमैत्री बनाउनका लागि आइटीको डीपीआर, कर्णाली कोटाथल र छामघाट बृहत दुल्लु खानेपानी आयोजना र घियातिदु–पौवा–किर्तिखम्ब–शान्तिबजार–नेपा–पिपलघारी सडकको कालोपत्रे आयोजना छनोट गरिएको छ । सरकारले यी सबै योजनाका लागि २५/२५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले साना सहरी योजना कार्यान्वयनअन्तर्गत दुईवटा ठूला योजना पनि छनोट गरेको छ । रातिमाटा, राउसे, भुकाहा हुँदै छिउडी जोड्ने रिङरोड र चगत्रा, घियातिदु, छिउडी, विनायक मार्गमा भूमिगत विद्युतीकरणको निर्णय भएको छ ।

नेपाल डेभलपमेन्ट कन्सल्टेन्सीलगायत परामर्शदाताले यी योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को जिम्मा लिएका छन् । नगर प्रमुख भण्डारीले डीपीआरको लागि तीन महिना म्याद थपिएको र उक्त समयमै काम सम्पन्न हुने बताए । दुल्लु नगरपालिकाले ‘पञ्चकोशी ज्वाला, दुल्लु नगरपालिकाको पहिचान, कृषि पर्यटन रपूर्वाधार हाम्रो अभियान’ नारा तय गरेको छ ।

स्मार्ट सिटीका लागि ६ वटा आधार प्रस्ताव गरिएको छ । स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट वातावरण, स्मार्ट सरकार, स्मार्ट यातायात र स्मार्ट बसोबासको अवधारणाहरू रहेका प्रमुख भण्डारीले बताए । कर्णाली प्रदेश सरकारले जमुनाह–दुल्लु–नाग्चेनाग्ला सडकलाई पनि स्मार्ट दुल्लु बनाउने अभियानसँग जोडेको छ । प्रदेशसभा सदस्य सुशील थापाले उक्त सडकले दुल्लुको विकासमा टेवा पुर्याउने बताए  ।

प्रतिक्रिया