आन्तरिक स्रोत बृद्धि गर्न स्रोत पहिचान गर्दै गाउँपालिका

आन्तरिक स्रोत बृद्धि गर्न  स्रोत पहिचान गर्दै गाउँपालिका

दैलेख पुस १९ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले आन्तरिक स्रोत बृद्धि गर्नका लागि गाउँपालिका भित्रका स्रोतहरुको पहिचात गर्ने कार्य सुरु गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोत बृद्धिका लागि अध्ययन अनुसन्धान तथा स्रोत पहिचानको काम थालनी गरेको हो । आन्तरिक आय स्रोत न्यून रहेको गाउँपालिकामा आन्तरिक स्रोतबाट माग अनुसारको योजना तथा कार्यक्रममा समपरक कोष व्यवस्था गर्न नसकेको भन्दै आन्तरिक स्रोत बृद्धि गर्न लागि परेको हो । गाउँपालिकाद्धारा आयोजित आर्थीक बर्ष २०७५/०७६ को प्रथम चौमासिक अवधीको प्रगती समिक्षामा सार्वजनिक गरिएको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनमा गाउँपालिकाले ऐन नियमको अन्यौलतालाई चुनौतीको रुपमा लिएको छ । संघीय संरचना अनुरुप सिंहदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहमा गएको भएपनि संघ र प्रदेश सरकारले निर्माण गर्ने कतिपय कानुनहरु बन्न नसक्दा स्थानीय तहमा अन्यौलता छाएको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले बताउनुभयो । ‘गाउँपालिकाको क्षेत्राधिकार भित्रका ऐन नियम तथा कार्यविधिमा अन्यौलता छैन्,’ अध्यक्ष मल्लले भन्नुभयो ‘संघ र प्रदेश सरकारले बनाउने कानुन बन्न नसक्दा स्थानीय तहमा निर्वाचित हामी जनप्रतिनीधिहरु अन्यौलमा परेका छौ ।’ संविधानमा उल्लेख भए अनुसार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सम्बन्धि कानुनहरु नबन्दा आफुहरु अन्यौलमा परेको अध्यक्ष मल्लको भनाई छ । उहाँका अनुसार गाउँपालिकाले हाल सम्म १३ वटा ऐन र ३० वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाले योजना अनुगमन तथा योजना तर्जुमा गर्दा भौगोलिक विकटता, असिमित जनआकांक्षा बढ्नु, सबै वडामा विस्तार गरिएका सडक संजालहरु स्तरोन्ती हुन नसक्नु, अधुरो तथा क्रमागत योजनाको भुक्तानी प्रक्रियामा कठिनाई हुनुलाई समस्या र चुनौतीको रुपमा लिएको छ । यस्तै नेटवर्किङ प्रणालीको अभाव, प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई समय सुहाँउदो तालिम प्रदान गर्न नसक्नु, जनशक्ति अभाव, सवारी साधनको अभावले अनुगमनमा कठिनाईलाई चुनौतीको रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न समस्या झेल्दै आएको डुङ्गेश्वर गाउँपालिकाले समस्या समाधानका लागि विभिन्न प्रयासहरु थालेको छ । गाउँपालिकाले सबै वडामा कर्मचारी पदपुर्ती र पञ्जिकरण संचालन गरेको छ । सडक संचालनका लागि बजेट विनियोजन, ६ वडा मध्ये ५ वटा वडामा इन्टरनेट सुविधा पु¥याइएको छ भने आर्थीक प्रशासनका लागि ‘शुत्र प्रणाली’ लागु गर्ने तयारी गरिएको छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा अधिकतम् बजेट विनियोजन गरेको छ भने कृषि क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको प्रगति समिक्षामा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले यस अघि नै एम्बुलेन्स सेवा संचालनमा ल्याइसकेको छ । गाउँपालिकाले कृषि तथा ग्रामिण स्तरका सडक निर्माणका लागि राष्ट्रिय निती अनुसार श्रममुलक प्रविधि अपनाएको गाउँपालिकाका अध्यक्ष मल्लको भनाई छ ।

आर्थीक बर्ष २०७५/०७६ को प्रथम चौमासिक अवधीमा उक्त गाउँपालिकाले १२ वटा नमुना र उदाहणीय कार्य गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा सिसि क्यामरा, विद्युतीय हाजिरी जडान, ग्रुप एसएमएस सेवा सूचारु रहेको छ । गाउँपालिकाले आफ्नै गान निर्माण गरिसकेको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो । गाउँपालिकाले आफ्नै ट्रस भवन निर्माण गरेको छ भने विद्यालय सुधारका कार्यक्रम संचालनमा ल्याएको छ । गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयमा कम्प्युटर शिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको दुई स्थानमा आलु र मकैको पाठशाला कार्यक्रम सुरु गरिएको छ । ‘गाउँपालिकाले कृतिम गर्भाधान कार्यक्रम सुरु गरिसकेको छ,’ अध्यक्ष मल्लले भन्नुभयो ‘कुल ६ लाखको लागतमा गाउँपालिकाको दुईवटा स्थानमा बायो ग्यास संचालनमा ल्याउने तयारी गरेका छौ ।’

प्रतिक्रिया