२५ जना बालबालिकालाई छात्रबृति

२५ जना बालबालिकालाई छात्रबृति


दैलेख पुुस २० ।
दैलेखको नारायण नगरपालिकाका विभिन्न्न विद्यालयमा अध्ययनरत दलित, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई छात्रबृति प्रदान गरिएको छ । केन्द्रिय बाल कल्याण समिति, सार्क विकास कोषको सहयोगमा दैलेख जिल्लामा संचालित बाल हेल्पलाइन नेपाल मार्फत नारायण नगरपालिकाका २५ जना बालबालिकालाई छात्रबृति प्रदान गरिएको हो ।


नारायण नगरपालिकाको पञ्चदेवल आधारधुत विद्यालयका १५ जना, रेडक्रस माध्यामिक विद्यालयका १ जना, नारायण आधारभुत विद्यालयका ६ जना र जनता आधाभुत विद्यालयका ३ जना बालबालिकालाई छात्रबृति प्रदान गरिएको सोसेक दैलेखद्धारा संचालित बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो । आर्थीक अवस्था कमजोर भएका दलित, विपन्न र जोखिममा रहेका बालबालिकाहरुलाई प्राथमिकता दिई छात्रबृति प्रदान गरिएको उहाँको भनाई छ । उनिहरुलाई शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरिएको छ । बाल हेल्पलाइन संयोजक श्रेष्ठका अनुसार बालबालिकालाई झोला, कापी, कलम, विद्यालय पोषाक लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।
उनिहरुलाई रु २१ सय बराबरको शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । बालबालिकालाई दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, जिसस दैलेखका पदम सापकोटा, नारायण नगरपालिका ३ का वडाअध्यक्ष चन्द्रप्रसाद रेग्मी, सोसेकका कोषाध्यक्ष दुर्गा श्रेष्ठ लगाएतले शुक्रवार छात्रबृति प्रदान गर्नुभयो ।

प्रतिक्रिया