दृष्टिविहिन बालबालिकालाई रेडियो र शैक्षिक सामग्री वितरण

दृष्टिविहिन बालबालिकालाई रेडियो र शैक्षिक सामग्री वितरण


दैलेख पुस २९ ।
दैलेखमा दृष्टिविहिन बालबालिकालाई रेडियो र शैक्षिक सामग्री वितरण गरिएको छ । दृष्टिविहिन बालबालिकाको पढाई लेखाई तथा उनिहरुको दैनिकीलाई सहज बनाउने उदेश्य सहित सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख मार्फत संचालित बाल हेल्पलाइन नेपालले सामग्री वितरण गरेको हो । दैलेखको भगवतीमाई गाउँपालिका–३ मेत्तलपाटाको महादेव माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २० बर्षिया जगत कुमारी खड्का र वडा नं. २ रुममा रहेको जनता माध्यामिक विद्यालयमा अध्ययनरत १६ बर्षिया गोपी कुमार खड्कालाई सामग्री वितरण गरिएको हो ।

ति बालबालिकाले जिल्लामा सञ्चालित बाल हेल्पलाईन १०९८ मा फोन गरी आफ्नो समस्याबारे जानकारी गराएका थिए । दृष्टिविहिनको समस्याका साथै परिवारको आर्थीक अवस्था कमजोर भएका कारण बालबालिका अध्ययनरत विद्यालयको सिफारिस र बाल हेल्पलाइनबाट गरिएको अनुगमन पश्चात आएको प्रतिवेदनका आधारमा उनिहरुलाई सामग्री प्रदान गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताउनुभयो ।

बालबालिकालाई सुनेर पढ्नका लागि रेडियो सेट र पेनड्राइभ प्रदान गरिएको छ । यस्तै र छातबृति स्वरुप २० थान कापी, १० थान पेनसिल, १ थान झोला र विद्यालय पोषाक प्रदान गरिएको हो । आइतवार बाल हेल्पलाइनमा आयोजित एक कार्यक्रमका विच जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुव्वा तिलक प्रसाद न्यौपाने र सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बालबालिकालाई सामग्री हस्तान्तरण गर्नुभयो ।

सामग्री हस्तान्तरण गर्दै नायवसुव्वा न्यौपानेले वितरण गरिएको शैक्षिक सामग्री र रेडियो मार्फत दृष्टिविहिन बालबालिकालाई अध्ययनमा सहजता ल्याउने बतााउनुभयो । संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जिल्लामा विभिन्न क्षेत्रमा जोखिममा परेका र अपांगता भएका बालबालिकाहरुलाई संस्थामार्फत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया