अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ को मना स्मृति प्रतिष्ठानको तेस्रो स्मृति सभाको अबसरमा आयोजित बालबालिकालाई छात्रवृत्ति तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग कार्यक्रममा वडाका अपाङ्गता भएका व्यक्ति गोपाल कार्कीलाई सहयोग स्वरुप न्यानो कपडा सिरक प्रदान गर्नुहुँदै नगरप्रमुख सूर्यबहादुर शाही ।

चामुण्डा संवाददाता
दैलेख-
दैलेख पश्चिमको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ को मना स्मृति प्रतिष्ठानले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । प्रतिष्ठानको तेस्रो स्मृति सभाका अवसरमा उनिहरुलाई सहयोग प्रदान गरिएको हो । सोहि ठाउँका पुर्ण रुपमा अपाङ्गता भएका ७ व्यक्तिहरुलाई न्यानोको लागि सिरक वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष हिमप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार वडा स्थित आर्थिक रुपमा विपन्न १२ जना बालबालिकाहरुलाई १ हजार २ सयका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
सोहि अबसरमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले साझा सहमतिबाट विकास सम्भव भएको बताउनु भएको छ । जनता माध्यमिक विद्यालय वस्तेकोटमा आयोजित बालबालिका लाई छात्रवृत्ति तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग कार्यक्रममा उहाँले भन्नुभयो ‘सरकारको एक्लो प्रयासबाट विकास सम्भव छैन, ‘विकास गर्न साझा सहमतिको आवश्यकता पर्छ, विकास गर्न जनताको साझा सहमति को खाँचो पर्छ ।’ वडा नं. ५ को समग्र विकास लागि नगरपालिकाकाले करिब ५१ लाख बजेट विनियोजित गरिएको उहाँले बताउनुभयो । उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले बालबालिकाको सुन्दर भविष्य बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया