बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडी आगजनी

बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडी आगजनी

५ माघ, सुर्खेत ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडीमा आगजनी गरेका छन् । विप्लव माओवादीका कार्यकर्ताले शनिबार विहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबहाक ट्रकमा आगजनी गरेका हुन् ।

विप्लवका कार्यकर्ताले ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आगजनीबाट ट्रकको अगाडी भागमा क्षती पुगेको छ ।

बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु ठप्प छन् । सुर्खेतका लागि छुटेका रात्रीकालिन सवारीहरुलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पठाइरहेको छ ।

गत पौष २२ गते विद्यार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव सुर्खेत जिल्ला सेक्रेटरी यमराजले जानकारी दिए ।

प्रतिक्रिया