लोकवार्ता विज्ञानको पढाइ शुरु

लोकवार्ता विज्ञानको पढाइ शुरु

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक ‘लोकवार्ता विज्ञान’ विषय पढाउन शुरु गरेको छ ।एमयूले मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको पढाइ शुरु गरेको हो ।

मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राध्यापक खोपीराम लम्सालले लोकवार्ता विज्ञानको पाठ्यसामग्रीमा मानवीय पक्षसँग सम्बन्धित परम्परा, पुस्ता–प्रवृत्ति, लोककथा, कहानी, लोक नाटक, धर्मसंस्कृति, जातजाति, पहिचान, रहनसहन खानपिन लगायत समेटिएको जानकारी दिनुभयो । एमएयूको केन्द्रीय क्याम्पसले इच्छुक विद्यार्थीका लागि भर्ना आवेदन मागेको छ । ९रासस०

प्रतिक्रिया