अपांगता भएकाहरूलाई ब्ल्यांकेट वितरण

अपांगता भएकाहरूलाई ब्ल्यांकेट वितरण

दैलेख – जिल्लाको नारायण नगरपालिका-१ का अपांगता भएका व्यक्तिहरूलाई ब्ल्यांकेट वितरण गरिएको छ। नारायण नगरपालिका-१ को आर्थिक सहयोगमा अपांगता नगर सञ्लजाले १६ जना लाई ब्ल्यांकेट वितरण गरेको हो। नगरपालिका वडा १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठका अनुसार वडाको वार्षिक कार्यक्रममा आफ्ना वडामा भएका अपांगता भएका व्यक्तिहरूलाई ब्ल्यांकेट वितरण गरिएको हो।

अन्य सामग्री वितरण गर्ने कार्यक्रम भए पनि मौसममा आएको परिवर्तनका कारण चिसोबाट जोगिन उक्त ब्ल्यांकेट वितरण गरेको बताए उनको भनाइ छ। पूर्ण अशक्त ६ जना र अतिअशक्त ९ जनालाई ब्ल्यांकेट वितरण गरिएको पनि उनले बताए।

ब्ल्यांकेट वितरण कार्यक्रममा कार्यवाहक नगर प्रमुख रत्ना कुमारी थापाले नगरपालिका-१ ले थालेको अभियान आगामी आर्थिक वर्षबाट नगरका ११ वटै वडामा लागू गरिने बताइन्। जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बालकृष्ण केसीले जिल्ला समन्वय समितिले स्थानीय जनताको आवश्यकताका अधारमा योजना निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि सबै स्थानीय तहसँग जिसस लागेको बताए।

वडामा वार्षिक कार्यक्रम सञ्चालन गर्ने क्रममा वडामा भएका अपांगता भएका व्यक्तिहरूलाई राहतका लागि यो कार्यक्रम निर्माण गरेको र आर्थिक वर्षबाट बजेट ठूलो आकारमा छुट्याएर वडामा सबै अपांगता नागरिकलाई आवश्यकताअनुसार सहयोग गर्ने वडा सदस्य रमेश केसीले बताए।

प्रतिक्रिया