कर्णालीका स्थानीय तहको महत्त्वाकांक्षी योजना-प्रतिव्याक्ति आय २१ सय डलर

कर्णालीका स्थानीय तहको महत्त्वाकांक्षी योजना-प्रतिव्याक्ति आय २१ सय डलर

माघ १५, सुर्खेत -कर्णालीका स्थानीय तहका सरकारहरुले महत्वाकांक्षी परियोजना बनाउने प्रतिबद्धता जारी गरेका छन् । ७९ स्थानीय तह, १० जिल्ला समन्वय समिति र प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो बैठकबाट महत्वाकांक्षी प्रतिबद्धताहरु जारी गरेका हुन् ।

परिषद्को बैठकमा कर्णाली प्रदेशको प्रति व्यक्ति आय २१ सय डलर पुर्याउने, पाँच सय मेघावाटको जलविद्युत आयोजना बनाउने जस्ता महत्वाकांक्षी प्रतिबद्धता जनाएका हुन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै समन्वय परिषदका अध्यक्ष तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि २५ वर्षे सोच निर्माण गर्ने र सोही अनुरुप अघि बढने बताए ।

विभिन्न ३१ बुँदे प्रतिबद्धताअनुसार अब कर्णालीको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढने उनको भनाई थियो । विगतमा कहाँ के भयो, कहाँ समन्वय भएन त्यो विर्सिदिनुस । मुख्यमन्त्री शाहीले भने, हामी पहिलोपटक बसेका छौं अब यसपछि प्रदेश सरकार वा स्थानीय सरकारले टेर्ने वा नटेर्ने कुरा होला ।

मुख्यमन्त्री शाहीले पूर्वाधार विकास, कृषि, वन, पर्यटन, उद्योग र उर्जाजस्ता क्षेत्रमा परियोजना बैंक बनाउने र लगानी जुटाइ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको बताए । उनका अनुसार वैठकमा तीनै तहका जनप्रतिनिधिहरुबीच व्यापक छलफल भएको बताए ।

ुकर्णालीको समृद्धिका लागि हामी तीनै तहबीच गम्भिर छलफल भएको छ,ु मुख्यमन्त्री शाहीले भने, ुअबको आर्थिक विकासका लागि समन्वय गर्ने, स्थानीय तहले कति सम्मको सडक बनाउने, प्रदेशले कतिसम्मको बनाउने र संघले कति किलोमिटर सडक बनाउने भन्ने योजना बनाउँछौं र सोही आधारमा समानतामुलक ढंगले हामी अघि बढछौं ।ु

प्रतिक्रिया