कसको चिन्तन, कसको मनन्

कसको चिन्तन, कसको मनन्

रणवहादुर एैरी

व्याप्त गरीबी भयङ्कर रोग बाल अधिकार सोकै सोक

खोजी ल्याउत कसो गरि बाल अधिकार कँहा छ र ?
जन्मनु छ मर्नु नै छ हे विधाता दिन दुखि छौ तपाईकै भर खा भनेर विधि ले नै दिन्छ चुडेर पनि उसैले लैजान्छ विधाताको विधि कस्को निर्माण पानी रसिला फल फले पुगिजान्छ । सौगातमा पुयाइदिन्छ सौगातमा हुर्काइदिन्छ । मन लाभीने प्रकृतिका जिवन सदा लुकाईदिन्छ लोभ क्रोध मोहजति हात लगाइदिन्छ । चट्क्क यो , यो श्रृटिबाट संसार विस्ताईदिन्छ ।

हो हजुर कस्को चिन्तन कस्को मनन व्याप्त गरिवि भैकर रोग बाल अधिकार सोकै सोक संसारमा जन्म लिने प्राणि मध्ये सर्वश्रेष्ट प्राणि हो मनुवा दाजु मानव विचारमा स्खलित ,घमन्डको घैटो,पापको तलाऊ,दंगाको मालिक,हैमानको सालिक,पनि मानव नै हो । त्यसो हैन भने किन्चित विचार राखेर सौचौ त हामि श्रृष्टि मा जन्म लिएका मनुवा पाचिनकाल।देखि २१ सवा शताब्दि आइसक्दा समेत भ्रमको खेति लुटको धन फुपुको श्राद्ध घैटोको पानि विग्रेको बानी उमालेको हाँणो हिउ प¥यो हिमालमा जताततै ठाँडैठाँडो मान्छेमा राँडो सिल्भरको भाँडो जिन्दगी विहाल जता हे¥यो तेतै कंगाल लै कंगाल कुमाउ गड्का बनिया यस्तै रैछ दुनियाँ नुन बेच्ने भोटको हुनिया हो हजुर हामि भौतारि रहेका छौ बालअधिकारको खोजीमा दाम पैसा गोजी गोजीमा जो होला होला समातौ कमण्डलु जय बम शिव भोला राम नाम च्यादर संसार भरि उजा गर विदेशको पैसा घर घरको रोगजार उज्यालोको लागी दियो ९झरो० विकास वाल अधिकार भैदियो हजुर मलाई याद आउन्छ म नेपाल खाद्य संस्थान कालिकोटको कार्यालय प्रमुख रई कामकाज गर्दा कणार्ली एफ एम का स्टेशन मेनेजर कर्णालीको पहिलो गजलकार देउडा साहित्यका पारखी जिल्लाका लोभ लाग्दन पत्रकार श्री कृष्ण धमला ज्यू ले आफ्नो एफ एम मा अन्तरवार्ताका लागी मलाई बोलाउनु भयो र मलाई देउडा गित गाउन लगाउनुभयो ।

कालिकोटको पचाल झरना पन्चदेउल महावु लेख ,चुलि मालिका ,स्याउ फार्म , हाम्रो दार्चुलाको उत्तर खण्डको छाङ्गुमा १७ हजार हेक्टर नेपालको भुमिमा भारतले सेना तैनात गरिएको विषय र सिमा नजिकको मान्छे भएको कारण बनवासा भारतको भुमी देखि पिल्लर सार्दै नेपालको गड्डा चौकि सम्म भारत आई पुगेको पिल्लर सारेको कुरा र अन्तमा उहाँले मलाई प्रश्न गनुभयो । कवि,कलाकार,गायक,नायक,राजनेता,प्रेमका भोका हुन्छन यसका तपाईको भनाई के छ मेरा जवाफ रहयो । प्रेम सेक्सिलय क्षणिक प्रकियाको लागी गरिने प्रकृया होइन प्रेम त प्राकृतिक पनि छ जसरी आकाश बाट पानी बृष्टी हुन्छ धर्तीले रसिला फलफुल र पोसिला अन्न उब्जाउन्छ त्यो एक प्राकृतिक मैथुन हो । र उब्जेका अन्नले सारा श्रृष्टिमा पालन पोषणको भुमिका निभाउन्छ र त्यो प्रेम प्राकृतिक प्रेम हो । त्यसै किसीमले मैथुनिक प्रकृयामा हाति जल्मासम्भोग गर्छ त्यो पनि १२ वर्षमा गाई भैसि १।१ वर्षमा एवम प्रकारले आफ्नो आचरणको पालना गरि समय सिमा भित्र रई पशु प्रेम गर्दछन भने मानव आज लाख कमाउन्छु भोली करोड कमाउन्छु पर्सि अर्व कमाउन्छु निपर्सि संसारको मालिक बन्छु भन्दा भन्दै असुन्तिष्टी बोक्दै ५० वर्षको उमेरमा प्रलोक हुन्छ र माया बुझ्छ न प्रेम बुझ््छ । न घरका न घाटका भैहाल्छ यसरी पशु पुरा पशु हो भने मानव नरपशु हो भन्ने मेरो जवाफ रहयो ।

लेख्न चायो बालअधिकार प्रश्न तान्यो लामो तारजस्तो नसोचिबन्सीयोस प्रश्न सँगै जोडेको छु विचका हरफ बालअधिकारको नाउमा विदेशीले पैसा खन्याउन्छन शिक्षाका नाममा पैशा खन्याएका छन बातावरण प्रयावरणको नाम मा पैसा खन्याएका छन सडक सन्जालका नाममा पैशा खन्याएका छन हाम्रो राष्ट्र भिखमारा राष्टको सुचिमा आइरहेको छ राष्ट्रको मर्यादा बालअधिकारमा बालुवा मा पानि हालेजस्तो देखि राको छ बालअधिकारको नाममा काम गर्ने लाखौ न लाखौ संसस्थाहरु लागी परेका छन राज्य कमान्डलु समाती बैदेशिक भिख ल्याईराखेकै छ ।

पहिलो प्रथामिकता भनेका त बाल अधिकार पनि त खान लाउन र बाँच्नु नै त हो जब तक बच्चा नहि रोता तब तक माँ दुध नै पिलाति जन्मिने वित्तिकै बच्चा पृथ्वीतलमा च्याँच्याँ रुदै आउन्छ आमा सुत्केरी हुदाँको पिडा त छदै छ तर पनि आमाको बात्सल्य सुत्केरी हुँदाको पीडा बिर्सि आमा बच्चालाई दुध पिलाउनु हुन्छ न्यानो बात्सल्य प्रेम दिनुहुन्छ त्यसै किसिमले राज्य पनि गरिवी निमुखा विपन्न वर्गका जनताको जननी नै हो जुन बात्सल्य प्रेम श्रृटिसँग छ जुन बात्सल्य प्रेम जन्मदार्ता मातासँग छ त्यो बात्सल्य जिवन विधिको विदानमा टेकि राज्यको निर्माण गर्ने सरकार सँग छ कि छैन ।

कस्को चिन्तन कस्को मनन व्याप्त गरिब भैंकर रोग बालअधिकार सोकै सोक कुन आमा वुवाको चाहनाु हुदैन र मेरो बच्चा जन्मदै पौष्टीक आहार पाउस नययम कभलभतबतष्यल सोक सरसफाई पाउस कुपोषणबाट बच्न पाउस,खान लाउन र स्वास्थ वृद्धिको लागी राम्रो रामा्रे खेल पाउस ,राम्रो आवस पाउस राम्रो गास वाँस कपास र असल शिक्षा पाउस बिडम्बना हाम्रो देशमा स्कुले बालबच्चा स्कुलमा बलात्कृत दिनहुँ जसो समाचारमा हाम्रो कानमा आइरहन्छ । उमेर नपुगेका बालबालिका होटल रेष्टिुरेन्टमा भाँडा मस्काईराखेको देखिन्छन घरखेतमा पानिपधेरोमा बालश्रमको सोशण सहि मजदुर बधुवा भई बाँच्न बिवस छन । हुँदा हुँदा विदेशका रेष्टुराहरुमा नत्रकिको काम गरि ग्राहक सन्तुष्टि गर्न आएको भनि नत्रकि जिवन जिउन बाँध्य भएका छन । असल खानपान,असल जिवन,असल शिक्षा ,असल विचार,पोषण आहार,सहि संस्कार,जिवन जिउने यो हो आधार भन्ने संकल्प गदै बालअधिकार सम्बन्धि काम गर्ने संघसंस्था र देशको जननी सरकारले पुण रुपेण सोच विचार नगरे जनताको सोच हुन जान्छ कि विदेशी दलाल र स्वदेशी दलालको कमाई खाने बालअधिकार भन्ने सोच रहन्छ । किनकि ७७ जिल्लाका विपन्न वर्गका बालबच्चा खान नपाई लाउन नपाई कुपोषणका सिकार हुन पुगेका छन शिक्षा नपाई दिक्षाँ नपाई श्रमको सोशण कमाई राखेका छन डान्सबारमा नत्रकिको भुमिका कमाईराखेका छन ।

दिनदिनै ५–१० वटा बलात्कारको घटना पाईराखेका छन जो कि विदेशी बिकसित मुलुकमा संगितका रिचाँ गाइराखेका छन कलाकारखानाको आवास पाइराखेका छन । बैज्ञानिक दक्ष जनशक्ति उब्जाईराखेका छन यान उडाईराखेका छन गाडिरेल गुडाईराखेका छन । औषधिमुलो शिक्षा रोजगारको ग्यारेण्टी पाइराखेका छन हुँदा हुँदा वैकुण्ठ लोक ,ब्रह्म लोक ,चन्द्रलोक ,सोर्गलोककको खोजीमा धाईराखेको छन यो वालअधिकार मै नेपालमा पनि वालअधिकार शिक्षा रोजगारको लागी लगानी लगाइराखेको छन । बालअधिकारको नाममा काम गर्नै संस्था नेपालमा घरघर छाइराखेको छन सरकारको न्यानो माया पाईराछन तर पनि किन हो किन बालबालिका कुपोषण पाईराछन डान्स रेष्टुरा धाईराछन श्रमको शोषण पाईराको छन मास्टरर्स गरेका पनि बैदेशिक रोजगारको लागी विदेश धाइराको छन देश निर्माताहरु स्वरोजगारको नारा घन्काईराछन । अनि खान्छन मोटाउन्छन बुलेटप्रुर्फ गाडि गुडाइराको छन जहाँज हेलिकप्टर चढिराछन आलिसान महलमा असल भुजाका डकार डकारिराछन र रत्नजडित महलको एसियाको राम्रो खाटमा सहेन कक्षा निर्माण गरिराछन शिक्षा रोजगार र कमाइको नाममा आफना छोराछोरी बढेमानका देश अस्ट्रिलिया, अमेरिका, बिटे«न, क्यानडा, कुवेत, जापना सिंगापुर,पठाउने काममा व्यस्त भइराछन । जन्म दिने विधाताले नै जन्मदिँदा पवित्र देश नेपालमा जन्माई अपवित्रताको भोजन,आवास,शिक्षा रोजगार संस्कारको विवेचना गरेरै त होला नि हामिलाई नेपाल राष्टको विधिको विधान समेतको जन्म मरण शिक्षा रोजगार जानेरै छुट्यादिएको रहेछ त्यसैले बालकको बालअधिकार युवाको स्वरोजगार,वृद्ध वृद्धाको सम्मान,हुनखानेका विल्डिङ आलीसान,गरिब गुरुवाको रेष्टुरा होटेल र बझुवा मजदुरको रुपमा पुरपुरोमा लेखिआएको खेप्नुपर्ने अपमान यसैले गर्दा मैले शिर्षक नै कस्को चिन्तन कस्को मनन भैकर रोग बालअधिकार सोकै सोक आफनो समाजमा घटित घटानाहरुको संगालो प्रस्टाउन चाहाये ।

साँचिकै बालअधिकारको नारा रट्न मन लाग्ने संघसंस्था र हाम्रा नितिनिर्माताले सेवा नै प्रम धर्म हो बच्चा नै इश्वर को प्रारुप हो रु बालबच्चाको वृद्ध वृद्धाको मान निसाय,असक्त,अपाङ्गको सेवा नै मुटु स्पर्शी धर्म हो भन्ने सोचेकै हो भने कुपोषण देशभरिकै बालवच्चामा हुनु भएन गास वास कपासबाट पिडित छौ भन्ने आवाज उठ्नु भएन शिक्षा रोजगारबाट बञ्चित छौ भन्ने आवाज सुनिनु भएन स्वास्थ्य उपचार बाट वञ्चित छौ,पाएका छैनौ भन्ने आवाज सुनीनु भएन बधुवामजदुरी भन्ने आवाजै सुनिनु भएन ।

होटेल वार रेष्टुरामा अथवा ठुलाबडा र जमिनदारको घरमा बालबच्चाको श्रमको सोसण हुनु भएन नेपालमा दिनदिनै गरिबनिमुखा विपन्न वर्गका जनताको दैनिक बलात्कार भैराखेका घटाना हट्नु पर्यो नेपालमा एक झुण्ड अपराधिले गरेको पापको फल कलियुगमा भोग्नु भएन बालबालिकाले श्रमसोसण हत्याहिँसा अत्याचार,अन्याय,बलात्कारको सिकार ,बालबच्चा बृद्ध बृद्धा हुनु भएन नेपालमा यति भयो भने सुर्य पुत्र शनि देवको न्याय प्रणालीले एक झण्ड अपराधिले गरेको पापको प्रायस्चित गरि मुक्ति दिलाउने छन नेपालमा साँच्चिकै न्याय पाएको महसुस गर्ने छिन जननी नेपाल आमा जननी जन्म भुमि स्वर्गादिप गरीएसि लागु हुनेछ नेपालमा दोष त कस्लाई दिने र अपराधि ९५ प्रतिशत स्वजासाजा ५ प्रतिशत कलियुगमा ५ प्रतिशतले जति धर्मको दिप जलाएपनि ९५ प्रतिशतको अगाडि कलि को प्रभावले गर्दा जति घुडा टेकाए पनि सत्य युगको थालनी त ५प्रतिशतको धर्म सानातन मध्ये बाटै हुने छ यो दुइ मत छैन कलीमा कलंकी रुपधारण गरेर आउदै हुनुहुन्छ श्रीकृष्ण भगवान जप गरौ गरिब हो ॐ नमे भगवति बासुदेवाय ः संसारका मालिक कोहि छैनन तपाई शिवाय ।कस्को चिन्तन कस्को मनन ब्याप्त गरिबी भैंयकर रोग बालअधिकार सोकै सोक ।
लेखक एैरी नेपाल खाद्य संस्थान शाखा दैलेखका कार्यालय प्रमुख हुन् ।

लेखक नेपाल खाद्यसंस्थान शाखा दैलेख कार्यालय प्रमुख हुन ।

प्रतिक्रिया