विद्यालय र खोप केन्द्रको स्वच्छता प्रवद्र्धन गरिँदै

विद्यालय र खोप केन्द्रको  स्वच्छता प्रवद्र्धन गरिँदै

सरसफाई सामग्री वितरण गर्नुहुँदै कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापा । तस्विर – हिक्मत बहादुर नेपाली

दैलेख माघ २१ ।
दैलेख जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिकाले स्वास्थ्य तथा सरसफाई क्षेत्रको प्रर्वद्धन गर्ने भएको छ । विद्यालयका बालबालिका र सुनौला हजार दिनमा आमालाई लक्षित गरि स्वास्थ्य सरसफाई तथा स्वच्द्धता प्रर्वद्धन गर्ने भएको हो । नारायण नगरपालिका र बहुक्षेत्रीय पोषण योजनाले संयुक्त रुपमा स्वास्थ्य तथा सरसफाई स्वच्छता प्रर्वद्धनका लागि काम अघि बढाएको हो । सोहि अनुरुप नगरपालिका भित्रका विद्यालयको स्वच्छता प्रर्वद्धन गर्न नमूनाको रुपमा सरसफाई सामग्री र सरसफाई कर्नर स्थापना गरिएको छ ।
नगर भित्रका विभिन्न खोप केन्द्रहरुमा हात धुने सामग्री प्रदान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताउनुभयो । आज नारायण नगरपालिका, बहुक्षेत्रिय पोषण योजना द्धारा आयोजित एक कार्यक्रममा सरसफाई सामग्री विद्यालय र खोप केन्द्रलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य शाखा प्रमुख खड्काका अनुसार १६ वटा विद्यालयमा सरसफाई सामग्री प्रदान गरिएको छ भने ७ वटा विद्यालयमा बहुमुखी टेबल सहितको सरसफाई सामग्री प्रदान गरिएको हो । यस्तै नगर भित्रका विभिन्न २४ वटा खोप केन्द्रलाई हात धुने सामग्री प्रदान गरिएको छ ।
विद्यालय र खोप केन्द्र्रलाई कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापा, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्नुहुँदै कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापाले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्न सुझाव दिनुभयो । प्रदेश सभा सदस्य थापाले पोषण युक्त खाना खानुपर्नेमा जोड दिनुभयो ।
यस नगरपालिकाले स्वास्थ्य शिक्षा सामग्री मार्फत जनचेतना बढाउने उद्देश्य सहित नारायण नगरपालिकाको कार्यालयमा पोषण कर्नर (हरेक बार खाना चार) यस अघि नै सञ्चालनमा ल्याइसकेको छ । नगरपालिका र बहुक्षेत्रीय पोषण योजनाले पोषण कर्नर स्थापना गरेको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काका अनुसार पोषण कर्नर मार्फत दैनिक रूपमा खानुपर्ने खानाहरू चित्रको माध्यमबाट देखाइएको छ । पोषण कर्नर नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले सहजै देख्न सक्ने गरी राखिएको छ ।

प्रतिक्रिया