महाबुमा जिप दुर्घटना हुँदा छ जना घाइते

महाबुमा जिप दुर्घटना हुँदा छ जना घाइते

दैलेख २२ माघ – दैलेखको महाबु गाउपालिका ४ काप्रिखोला स्थित बतासेमा जिप दुर्घटनामा परी ६ जना घाईते भएका छन् । मंगलबार बिहान काँसिकाँधदेखि दैलेख बजार फर्किदै गरेको भे १ च २१४१ नम्बरको वोलेरो जिप बतासेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि १४ वर्षिय चित्र विक, १३ वर्षिय रश्मी रावल, १४ वर्षिय संगिता बिक, बर्ष १४ को दिपक शाही, ४५ वर्षिय टोपबहादुर शाही र उनकी छोरी १४ वर्षिय राधा शाही घाइते भएका छन् । घाइतेको उपचारका लागि रानिवन स्वास्थ्य चौकी गैडावाजमा सम्भव नभएपछि जिल्ला अस्पताल दैलेख पु¥याईएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भई दुर्घटना भएको चालक अर्जुनबहादुर शाहिको भनाइ छ ।

प्रतिक्रिया