दैलेखमा जीप दुर्घटना, चालक फरार

दैलेखमा जीप दुर्घटना, चालक फरार

दैलेखको महाबु गाउँपालिका देखि दैलेख सदरमुकाम तर्फ आउँदै गर्दा नारायण नगरपालिका ४ पालेवन मा दुर्घटनाग्रस्त लु २ च ४५६८ नम्बरको बोलेरो जीप । तस्विर ः हिक्मत बहादुर नेपाली,

दैलेख माघ २३
दैलेखमा जीप दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । महाबु गाउँपालिकाबाट दैलेख सदरमुकाम तर्फ आउँदै गरेको लु २ च ४५६८ नम्बरको बोलेरो जीप नारायण नगरपालिका वडा नं. ४ सोतको पालेवन नजिक दुर्घटनामा परेको थियो । आज विहान ११ बजे तिर भएको दुर्घटनामा जीपमा सवार चालक सहित ८ जनामा ४ जना गम्भिर घाइते भएका छन् भने प्रहरीले जनाएको छ । गम्भिर घाइते हुनेहरुमा कालिकोटको डिल्लिकोटका वर्ष ४९ का रत्न रानामगर, नारायण नगरपालिका ४ सोत निवासी ८९ बर्षिया दत्तबहादुर कठायत, महाबु गाउँपालिका ६ का २२ बर्षिया विनिता रावत र १५ बर्षिया अमर थापा रहेका छन् । घाइतेहरुको दैलेख अस्पतालमा उपचार भइरहेको छ । जीप चालक महाबु गाउँपालिकाका २२ बर्षिया दिनेश हमाल भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया