दैलेखमा कर्णाली प्रदेश स्तरिय महोत्सब हुँदै

दैलेखमा कर्णाली प्रदेश स्तरिय महोत्सब हुँदै

दैलेख माघ २४ ।
दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखको संयुक्त आयोजनामा दैलेख महोत्सब २०७५ संचालन हुने भएको हो । महोत्सबको प्रारम्भिक चरणहरु पार भएसंगै दैलेख उद्योग बाणिज्य संघ दैलेखमा आयोजित बृहत छलफल कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले आगामी फागुन १७ देखि २७ गतेसम्म महोत्सब संचालन हुने जानकारी दिनुभयो ।
महोत्सब तयारी समितिको अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले महोत्सबबाट करिब ३९ लाख बराबर कारोवार हुनसक्ने अनुमान गरिएको बताउनुभयो । १६ देखि २० लाखसम्म आम्दानी हुन सक्ने बताउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सबका लागि विभिन्न निकायमा प्रश्तावना पेश गरिरहेको जानकारी दिनुभयो ।
महोत्सब तयारी समिति गठन गरिएको भएपनि महोत्सब मुल समारोह समिति र उप–समितिहरु गठन गर्न बाँकी रहेको उहाँको भनाई छ । महोत्सबबाट आम्दानी भएको रकमबाट जिल्लामा हाटबजार संचालनमा ल्याउने उदेश्य राखिएको कार्यवाहक अध्यक्ष खत्रीको भनाई छ । दैलेख बजारलाई व्यवसायिक केन्द्र बनाउने योजना सुनाउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सब अबधीभर जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले जिल्लाको आर्थीक समृद्धि र विकासका लागि मेला महोत्सबले सघाउँ पु¥याउने बताउनुभयो । स्थानीय स्तरको कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताउँनुहुँदै नगरप्रमुख खड्काले आम दैलेखबासी एकजुट नभएसम्म जिल्ला समृद्ध हुन नसक्ने उहाँको भनाई छ । मेला महोत्सब संचालन गर्दा आयोजक समितिको एकमत हुने पर्ने बताउँदै उहाँले भन्नुभयो ‘सामान्य रुपमा मन नमिलेको झल्को देखियो, विगतमा पनि यस्ता भएका थिए ।’ कार्यक्रममा उहाँले दैलेखको पूर्व देखि पश्चिमसम्म सडक संजालले नजोडिदाँसम्म विकास सम्भव नभएको भनाई छ । मध्यपहाडी राजमार्गबारे गलत प्रचार नगर्न आग्रह गर्नुहुँदै नगर प्रमुख खड्काले महाबु हुँदै हिल्सा जोड्ने सडक दैलेख सदरमुकामबाट लैजानुपर्ने धारणा राख्नुभयो ।
सोहि अबसरमा उद्योग बाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष याम बहादुर मल्लले महोत्सब संचालनका लागि जिल्लाका ११ वटै स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । उद्यम कृषि पर्यटन । व्यापार समृद्ध दैलेखको मुल आधार भन्ने मुल नाराका साथ संचालन हुने महोत्सबको तयारी छलफलमा विभिन्न निकायका प्रमुख तथा प्रतिनीधिहरुले सुझावहरु राख्नुभएको थियो ।

प्रतिक्रिया