‘शान देखाउन होइन, सुरक्षित घर बनाउनुहोस’

‘शान देखाउन होइन,   सुरक्षित घर बनाउनुहोस’

चामुण्डा (दैलेख) ,माघ २६
नगरवासीलाई भुकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्न चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले आग्रह गुर्नभएको छ । शनिबार चामुण्डाविन्द्रासैनी नगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड र भवन निर्माण अनुमति तथा नक्शापास सम्बन्धी अभुखिकरण कार्यक्रमको उद्घाटन गर्दै यस्तो आग्रह गर्नु भएको हो ।
वर्तमान समय अर्कालाई देखाउनका लागि भवन निर्माणको मापदण्ड पुरा नगरी ठुला घरहरु बनाउने प्रचनल बढ्दै गएको उहाँले बताउनु भयो । भवन निर्माण मापदण्डलाई पुरा नगरी संरचनाहरु निर्माण गर्दा भुकम्प उच्च जोखिम हुने उहाँले बताउनु भयो । ‘शान देखाउन मापदण्ड विपरित ठुला घर बनाउने प्रचलन धेरै, सानो र सुरक्षीत घर बनाउन मात्र ध्यान कसैको पनि गएको छैन ।’ ‘अब शान देखाउनलाई होइन, सुरक्षीत घर बनाउनुहोस ।’ उहाँले भन्नुभयो–
दैविक प्रकोप बाजा बजाएर नआउने भएकाले जुनसुकै बेला दैविक प्रकोप आउने भएकाले सबैले समयमै सुरक्षित संरचना निर्माण गर्नुपर्ने उहाँले जोडदिनु भयो । नगरपालिकाको विकास निर्माणमा कुनैपनि अवरोध नभएकाले निर्माण कार्य दु्रत गतिमा अघि बढेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले एक वडा एक मैदान, एक नर्सरी बनाउने नीति अनुरुप मैदान र नर्सरी स्थापना गर्ने कार्य अघि बढाईएको उहाँले बताउनु भयो । सडक निर्माण र विद्युत विस्तारलाई गत आव र चालु आर्थिक वर्षमा अगाडी बढाएकाले आगामी वर्षमा शिक्षा र स्वास्थ्यलाई प्रथामिकता दिईने उहाँको भनाई छ ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीको अध्यक्षता भएको कार्यक्रममा नगरपालिका स्थित सामुदायक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया