मञ्चमै ढलेका गाउँपालिका अध्यक्षको निधन

मञ्चमै ढलेका गाउँपालिका अध्यक्षको निधन

इलाम – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अकस्मात ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिए ।इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो।

घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले जानकारी दिए। उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको थियो। नेम्वाङ नेपाली कांग्रेसबाट निर्वाचित हुन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन्। घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए।

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ। उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन्। प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए। वडाको आयोजनामा उपभोक्ता समितिले क्षमता विकास तालिम राखेको थियो ।

प्रतिक्रिया