निजी लगानीमा १५ शैयाको हस्पिटल

निजी लगानीमा  १५ शैयाको हस्पिटल

हिक्मत नेपाली
दैलेख माघ २७ ।

दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा पहिलो पटक अत्याधुनिक सुविधा सहितको हस्पिटल संचालनमा आएको छ । दुल्लु नगरपालिकामा करिब २ करोड ५० लाखको लगानीमा १५ शैयाको आशाराम हस्पिटलले शनिवार देखि आफ्नो सेवा आरम्भ गरेको छ ।

दुल्लुमै विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिने उदेश्यले हस्पिटल संचालनमा ल्याइएको हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर कपिल खनालले जानकारी दिनुभयो । यहाँका विपन्न र आर्थीक अवस्था कमजोेर भएका नागरिकहरुलाई उपचारका लागि सुर्खेत, नेपालगंजसम्म धाउनु पर्ने बाध्यता हट्ने उहाँको भनाई छ ।

हस्पिटलमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार हस्पिटलमा थाइराइड, सुगर, दिशापिसाव लगाएत परिक्षण सहितको सुविधा सम्पन्न प्रयोगशाला रहेको छ । हस्पिटलले आगामी दिनमा सेवा सुविधा थप गरेर यहाँका आर्थीक अवस्था कमजोर भएका विपन्न नागरिकहरुलाई सुलभ दरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उहाँको भनाई छ ।

हस्पिटलमा हाडजोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापा, फिजिसियन डा. हरि तिमल्सेनाले लगाएतका विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिनुहुनेछ । हस्पिटलको सेवा आरम्भ भएको अबसरमा पहिलो दिन स्थानीय नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
हस्पिटलको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेश सभा सदस्य सुशिल थापाले दुल्लुमै विशेषज्ञ डाक्टरबाट विरामीले उपचार सेवा पाउने बताउनुभयो ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक संचालनमा आएपनि निजी स्तरबाट पहिलो पटक हस्पिटल संचालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकहरुलाई सहजता हुने बताउनुभयो ।

प्रतिक्रिया