दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन

दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन

काठमाडौं, फागुन ६- सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पताल स्रोतले सेतोपाटीलाई जानकारी दियो।

गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो।

एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो। कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए।

तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया