शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकता

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकता

दैलेख फागुन ७ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जिल्लाको विकासको निम्ति शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दैलेखमा भएको कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
स्थानीय तहहरुले विकास योजना निर्माण गर्दा जिल्लाको शैक्षिकग ुणस्तर सुधार्न, विपन्न समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन र कृषिलाई आधुनिकीकरण गर्न प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नारयण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले विकासका लागि सकारात्मक सोचको आवश्यक रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले शहीदहरुको बलिदानीले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै आम नेपालीको आर्थिकस्तर उठाउने नीति कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
प्रभातफेरि पछि औपचारिक सभामा परिणत भएको कार्यक्रममा नेकपा कर्णालीप्रदेश कमिटी सदस्य सूर्यबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष पूर्णबहादुर खत्री, राप्रपाका रणबहादुर सिंह, राप्रपा प्रजातान्त्रिकका रामबहादुर थापा, नेमकिपाका रत्नबहादुर श्रेष्ठ, नेपाल महिला संघकी सभापति सीता राना र जिल्ला समन्वय अधिकारी भक्त बहादुर कार्र्कीले प्रजातन्त्र दिवसको महत्व र समसामयिक विषयमा प्रकाश पारे ।

प्रतिक्रिया