निर्वाचन दिवस मनाइयो

निर्वाचन दिवस मनाइयो

दैलेख फागुन ७
निर्वाचन कार्यालय दैलेखले तेश्रो निर्वाचन दिवस मनाएको छ । यस अवसरमा निर्वाचन आयोगले गरिरहेका काम र राजनीतिक दल तथा नागरिक समाजको सहयोग विषयमा मंगलवार दैलेख सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले दैलेखमा निर्वाचनको बेला निर्वाचन शान्त र मर्यादित बनाउन सबै राजनीतिक दलहरुको सहयोग र समझदारी राम्रो रहेको बताउदै निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कामलाई नियमित र व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।
जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुबेदीले निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तह निर्वाचनको कार्य सम्पादन अनुभवका आधारमा भविष्यमा सुधार गर्नुपर्ने पक्ष बिषयमा प्रकाश पारे । त्यस बखत खुला अन्तरक्रियामा मतदाता शिक्षा, जेष्ठ नागरिकलाई मतदान केन्द्रसम्म लैजाने र पु¥याउनुपर्ने सहभागीले सुझाव दिएका थिए ।
२०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको दिन पारेर तीन वर्ष देखि निर्वाचन दिवस मनाउन थालिएको हो । नेपालमा २०२३ सालमा स्थापना भएको निर्वाचन आयोगले संसदीय र स्थानीय निर्वाचन गराउदै आएकोमा २०७४ मा पहिलो पटक संघीय संरचना अनुसारको केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको प्राविधिक काम सम्पादन गरेको थियो ।

प्रतिक्रिया