घरमै सेनेटरी प्याड

घरमै सेनेटरी प्याड

दैलेख फागुन ८ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ का महिलाहरुले घरेलु प्याड बनाउन सिकेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आयोजनामा भएको दुई दिने गाउँ स्वच्छता शिक्षा सहजकर्ता तालिममा स्थानीय महिलाहरुले घरेलु सेनेटरी प्याड बनाउन सिकेका हुन् ।

सोहि वडाका महिला जनप्रतिनीधि, कार्यरत महिला स्ंवयमसेवीका, आमा समुहका अध्यक्ष तथा सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । घरमै बसेर घरेलु प्याड बनाउन सिके पछि महिनावारीको समयमा प्याड नपाइने समस्या हटेर जाने महिलाहरुको भनाई छ । उनिहरुलाई सुरक्षित महिनावारीका बारेमा जानकारी गराउनुका साथै घरेलु सेनेटरी प्याड बनाउन सिकाइएको हो । सोहि अबसरमा पूर्ण सरसफाईका सूचकहरु सम्बन्धि जानकारी गराइएको छ ।

पूर्ण सरसफाईका (5+1) का सूचकहरुबारे जानकारी गराइएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम कार्यरत ललिता कुमारी भण्डारीले बताउनुभयो । उहाँका अनुसार तालिममा खानेपानी शुद्धिकरणका विधिहरु, फिल्टर जडान गर्ने तरिका बारे जानकारी दिइएको छ । यसैगरी साक्षरता कक्षा संचालन प्रक्रिया तथा प्रयोगात्मक कक्षा संचालन गर्ने तरिका बारे प्रशिक्षण दिइएको छ । यस्तै व्यक्तिगत, सामुदायिक तथा वातावरणिय सरसफाईका बारेमा तालिम प्रदान गरिएको हो ।

प्रतिक्रिया