हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

फाल्गुन १५, काठमाडौँ -बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा लगायतका यात्रु सवार थिए। त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए। उनले भने, हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ।

प्रतिक्रिया