पलाँतामा समन्वयात्मक बैठक सम्पन्न

पलाँतामा समन्वयात्मक बैठक सम्पन्न

तस्विर -समन्वयात्मक बैठक पछि सामुहिक तस्विर खिचाउँदै गाउँपालिकाका अध्यक्ष लगाएत ।

दैलेख– कालिकोटको पलाँता गाउँपालिकामा समन्वयात्मक बैठक सम्पन्न भएको छ । पलाँता गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा पलाँता गाउँपालिकामा संचालित आधार परियोजनाको समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगाएतका जनप्रतिनीधि र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कर्मचारीहरुविच समन्वयात्मक बैठक सम्पन्न भएको सोसेकका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले जानकारी दिए ।

बैठकले आधार परियोजनाको अभिमुखिकरण कार्यक्रम संचालन भएको निणर्य समेत गरेको छ । बैठकमा गाउँपालिकाका अध्यक्ष लक्षमण बम (पलाँती कान्छा), उपाध्यक्ष दाना न्यौपाने, सोसेक दैलेखका परियोजना संयोजक दुर्गा गिरी,बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विक लगाएत सहभागि थिए ।

प्रतिक्रिया