अभियान्ता थापालाई ‘एन पिस’ अवार्ड

अभियान्ता थापालाई ‘एन पिस’ अवार्ड

हिक्मत नेपाली
दैलेख फागुन २२ ।

दैलेख जिल्लाका सामाजिक अभियान्ता हीरासिंह थापा ‘एन पिस’ अवार्डबाट सम्मानित हुनुभएको छ । जिल्लामा विगत दुई दशक देखि समाज रुपान्तरण, महिला र बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रर्था र बालविवाह न्यूनिकरणका लागि अनवरत रुपमा काम गर्दै आउनुभएका अभियान्ता थापा ‘एन पिस’ अवार्डबाट सम्मानित हुनुभएको हो । विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा उहाँ छानिनु भएको थियो । उहाँ एनपीस अवार्डको ‘क्याम्पेनिङ फर एक्सन’ बाट सम्मानित हुनुभएको हो ।
समाज रुपान्तरण, महिला बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रर्था र बालविवाह न्यूनिकरणको क्षेत्रमा काम गर्ने थापा अवार्डका लागि चुनिनुभएको थियो । उहाँलाई मार्च ५ मंगलवार थाइल्याण्डको बैंकमा आयोजित एक समारोहमा पुरस्कार सहित अवार्ड प्रदान गरिएको हो ।

उनलाई राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक ब्युरोले अवार्डका लागि छानेको थियो । मनोनयनपछि अनलाइन भोटिङ भएको थियो । भोटिङको लागि छनौट भएका पाकिस्थान र श्रीलंकासँग प्रतिशपर्धा भएको थियो । साउथ एसिया प्यासिफिक क्षेत्रका देशहरुवाट १ जना छानिने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ बिधामा उहाँलाई सम्मान गरिएको हो ।
अभियान्ता थापा नेपालको दैलेख जस्तो ग्रामिण क्षेत्रमा जन्मिएर बाल विवाह, छाउपडी प्रर्था, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरिति र कुसंस्कार विरुद्ध अभियान चलाउँदै विभेद रहित समाज निर्माणका लागि पर्नुभएको छ । सामाजिक अभियान्ताको रुपमा सक्रिय थापा लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त आवाज उठाउदै आउनुभएको छ ।

२०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय रहनुभएका थापा दैलेखमा समाज रुपान्तरणको संवाहकको रुपमा समेत परिचित हुनुहुन्छ । जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको सक्रिय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) को अध्यक्ष समेत रहनुभएका थापा बाल संरक्षण संजाल नेपाल, कर्णाली प्रदेशका संयोजक हुनुहुन्छ । उहाँ जिल्ला समन्वय समिति दैलेखको इन्जिनियर हुनुहुन्छ ।

प्रतिक्रिया