आठौ राष्ट्रिय खेलकुदको प्रादेशिक छनौट खेल सकियो

आठौ राष्ट्रिय खेलकुदको प्रादेशिक छनौट खेल सकियो

दैलेख-आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि दैलेखमा भएको छनौट खेल सकिएको छ । छनौट खेल अन्तरगर्त दैलेखमा भएको कराँते प्रतियोगितामा सुर्खेतले १० स्वर्ण, २ रजत र ४ कास्य पदक सहित पहिलो स्थान हात पारेको छ । दोस्रोमा जाजरकोट भएको छ । जाजरकोटले ३ स्वर्ण र १ कास्य पदक प्राप्त गरेको हो । तेस्रो स्थानमा रुकुम रहेको छ । रुकुमले २ वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै जुम्ला चौथौं भएको छ भने दैलेखले पाँचौ स्थान हात पारेको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका महिला र पुरुष खेलाडीहरुले बिभिन्न तौल समूहका ७२ पुरुष र ५० महिलाहरुले कराँते खेलमा प्रतिस्पर्धा गरेका थिए । कराँते सँगै दैलेखमा महिला र पुरुषको कपर्दी खेल समेत संचालन भएको थियो । प्रथम आउने सवै खेलाडीहरुले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया