दैलेखमा कवर्ड हल निर्माण हुँदै


दैलेख चैत ११
खेलकुदका लागि प्राप्त भौतिक संरचना नभएको दैलेखमा प्यारापिट सहितको कवर्ड हल निर्माण हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतको लगानीमा दैलेखमा अत्याधुनिक कवर्ड हल निर्माणको कार्य अघि बढेको हो ।
आगामी एक बर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी दैलेखको नारायण नगरपालिका –१ स्थित छात्राबास नजिकैको स्थानमा सुविधा सम्पन्न कवर्ड हल निर्माणको कार्य अघि अगाडि बढाइएको हो ।
चार करोड ३६ लाखको लागतमा निर्माण हुने कवर्ड हलको शनिवार देखि काम अगाडी बढेको नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिनुभयो । करिब एक हजार जना अटाउने क्षमताको कवर्ड हलमा व्याडमिन्टन, बास्केट बल, भलिबल लगाएतका खेल संचालन हुनेछन् ।
अत्याधुनिक सुविधा सम्पन्न कवर्डहल निर्माणका लागी दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका–१ को त्रिभुवन माध्यामिक विद्यालयले जग्गा उपलव्ध गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । कवर्ड हललाई कर्णाली प्रदेशकै नमुना बनाउने उहाँको दाबी छ । कवर्ड हल स्थापनासंगै जिल्लाका खेलाडीहरुलाई खेलका लागि नियमित प्रशिक्षणमा सहज हुनेछ ।
प्रतिक्रिया