‘सामाजिक हितमा काम गर्ने योजनामा लगानी गर्न समस्या छैन’

‘सामाजिक हितमा काम गर्ने योजनामा लगानी गर्न समस्या छैन’

दैलेख चैत १६
नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले सामाजिक हितमा काम गर्ने योजनामा लगानी गर्न स्थानीय तहलाई समस्या नरहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आज दैलेख सदरमुकाममा आयोजित २५ औं जिल्लासभा अधिवेशन कार्यक्रममा उहाँले त्यस्तो भन्नुभएको हो ।
नगरप्रमुख खड्काले विपद र मानवीय सहयोगका क्षेत्रमा काम गर्ने रेडक्रस जस्तो पवित्र संस्थाले ठोस योजना ल्याएर आए नारायण नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो त्यस्तो योजनालाई अरुले पनि सजिलै सहयोग गर्छन् ।
रेडक्रसमा सदस्यता दुई––ढाई सय मात्र बनाउने होइन, दश–पन्ध्र हजार सदस्य पु¥याएर बृहतर बनाउन आग्रह गर्दै नेतृत्वमा नयाँ पिढींलाई अवसर दिनुपर्ने नगरप्रमुख खड्काले टिप्पणी गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले रेडक्रसको मानवतावादी कार्य सर्वत्र प्रशंसा भएको उल्लेख गर्दै यो संस्थासंग सहकार्यता बढाउदै लैजाने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति खेमराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको समाजसेवी काममा योगदान गरेका महानुभावहरु खड्गबहादुर सिजापती, मानवीर थापा, कर्णबहाुदर शाही, मणीराम रेग्मी र रमेश दशौदीलाई सम्मान गरिएको गरिएको थियो । त्यसबखत शाखा उपसभापति पूर्णबहादुर खत्री र कर्णाली प्रदेश कोषाध्यक्षले पनि रेडक्रसको महत्व बारे प्रकाश पार्नुभएको थियो ।
त्यसबखत शाखाका मन्त्री यमराज कटुवालले संस्थागत विकास सम्वन्धी र कोषाध्यक्ष सिर्जना खत्रीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कोषाध्यक्ष खत्रीले पेश गरेको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षमा १८ लाख ९४ हजार ५ सय २७ रुपैंयाँ खर्च भएको र चालु आर्थिक वर्षका लागि ३२ लाख २५ हजार जति खर्च हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया