अभियान्ताको शुभकामना शैली फरक

अभियान्ताको शुभकामना शैली फरक

देशमा नयाँ बर्षको शुभकामना आदान प्रदान गरिरहेकै बेला दैलेखका एक अभियान्यताले फरक शैलीले २०७६ को शुभकामना दिएका छन् । देशमा बढ्दो बालविवाह न्यूनीकरण, कुसंस्कारमा रहेको छाउपडी प्रथाको अन्त्य, जोखिम रहेका बालबालिका उद्धार होस, र बलत्कार हिंसा घटना नहुन भन्ने सन्देश मुलक शुभकामना दिएका हुन् ।


देशमा शान्ती समृद्धिका साथै समाजमा भएका कुसंस्कार, छुवाछुत र हिंसाका घटनाको अन्त्य भएपछि मात्र दिगो विकासको शान्ती हुन सक्ने भन्दै उनले यस्तो शुभकामना दिएको अभियान्ता हीरासिंह थापाले बताए । उनले भने, शान्ती समृद्धि दिगो विकासको लागि समाजले नै विकासलाई अवरोध गर्ने कुराको त्याग गर्नुपर्छ । सभ्य समाज निर्माणले भएपछि मात्र शान्ती समृद्धिको कल्पना गर्न सकिन्छ ।


छाउपडी र बालविवाहको कामलाई रोकेर महिला शान्ती सुरक्षामा सहयोग वाफत थापालाई २०७५ मा एनपिस अर्वाड प्रदान गरिएको थियो । युएनडीपी साउथ एशिया प्यासिभिक रिजन सो पुरस्कार प्रदान गरेको हो ।


उनले नयाँ बर्षको शुभकामनामा लेखेका छन ः बालविवाहको अन्त्य होस, जोखिममा रहेका वालवालिकाको उद्धार तथा पुनस्थापना होस, महिला र वालिकाहरु निर्धक्करुपमा हिड्न डुल्न पाउन र वलत्कारमा नपरुन, नीति निर्माण हुदाँ हुने खाने भन्दा हुदाँ खानेको पक्षमा वनोस, विपदको वारेमा जानकारी लिई पुर्व तयारी गरौं र सचेत वनौ, सधै सकारात्मक सोचको विकास होस यहि नयाँ वर्ष २०७६ शुभकामना । थापा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हुन् ।

प्रतिक्रिया