कालिकोटमा सेवा केन्द्रको उद्घाटनसंगै परिचयात्मक कार्यक्रम

कालिकोटमा सेवा केन्द्रको उद्घाटनसंगै परिचयात्मक कार्यक्रम

दैलेख वैशाख ७ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कालिकोटमा संचालनमा ल्याएको महिला तथा बालबालिका सेवा केन्द्रको उद्घाटन गरिएको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका–१ मा विगत तीन बर्ष देखि संचालित महिला र बालबालिका केन्द्रको सेवा कालिकोटमा पनि विस्तार गरिएको थियो । खडाचक्र नगरपालिका कालिकोटको स्विकृत र एईआएन लक्जेम्बगको सहयोगमा कालिकोटको सदरमुकाम मान्नमा संचालनमा ल्याइएको केन्द्रको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । केन्द्रको उद्घाटन खडाचक्र नगरपालिकाका नगरप्रमुख जसी प्रसाद पाण्डेले गर्नुभएको बताइएको छ । सेवाको उद्घाटनसँगै परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले जानकारी दिनुभयो ।
महिला तथा बालबालिका सेवा केन्द्रको उद्घाटन तथा परिचयात्मक कार्यक्रममा खडाचक्र नगरपालिकाका नगरप्रमुख जसी प्रसाद पाण्डेले महिला तथा बालबालिकाको क्षेत्रको काम गर्दै आएको सोसेकलाई कालिकोटमा स्वागत गर्नुभयो । महिला तथा बालबालिकाको क्षेत्रमा निष्पक्ष रुपमा काम गर्न आग्रह गर्दै नगरप्रमुख पाण्डेले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सामाजिक सेवा केन्द (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले सोसेकले महिला र बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको बताउँदै यस क्षेत्रमा काम गर्न थुप्रै चुनौतीसँगै अबसर रहेको बताउनुभयो । ‘महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नु निकै संवेदनशिल छ,’ उहाँले भन्नुभयो ‘सोसेकले कालिकोटको खडाचक्र नगरपालिका र समग्र कालिकोट जिल्लामा बाल विवाह र छाउप्रर्था न्यूनिकरण, जोखिममा परेका बालबालिका, हिंसामा परेका महिलाका सवालमा काम गर्नेछ ।’ कालिकोटका स्थानीय तहबाट सहयोगको अपेक्षा गर्नुहुँदै अध्यक्ष थापाले भन्नुभयो ‘नगरौ विहेको कुरा ः भएको छैन् बीस बर्ष पुरा, विहेवारीः बीस बर्ष पारी’ को अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख विजया विष्ट लगाएतले महिला तथा बालबालबालिकको सवालमा चर्चा गरेका थिए । सोहि अबसरमा कालिकोट जिल्ला स्थित सरकारी तथा गैससका प्रमुख प्रतिीधिहरु, आधार परियोनाका संयोजक दुर्गा गिरी, मिल अधिकृत विनय गौतम, बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विक, महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक संगिता, वली जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक हरि बस्नेत, जिल्ला अदालतका श्रेष्तेदार दामोदर घिमिरे लगाएत सहभागि थिए । जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार, राहत, मनोविमर्श परामर्श र पारिवारिक पुर्नमिलन गर्ने उदेश्य सहित केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रले महिला तथा बालबालिकाहरुलाई आवश्यकता अनुसार आपत्तकालिन आवासीय सहयोगको साथै कानुनी परामर्श गरी कानुनी सहयोग उपलब्ध गराउनेछ । केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया